कुनै बाल-बालिकाले पनि काराबास जीवन बिताइरहेका आफ्ना आमा-बाबुसङ्ग जेलभित्र बस्नु नपरोस भन्ने उद्धेश्यले त्यस्ता बाल-बालिकाको समर्थन गर्ने नेपाली महिला पुष्पा वस्नेतले सीएनएन हिरो २०१२ को उपाधि जितेकी छन। डिसेम्बरको दुइ तारिख राति घोषणा गरिएको सीएनएन हिरोको नतिजामा पुष्पाले आफ्ना नौजना प्रतिस्पर्धीलाई पाखा लगाउन सफल भइन ।
आमा-बाबु जेल परेपछि उनीहरुका बाल-बच्चाको रेखदेख गर्ने कोही पनि नभएको अवस्थामा आमा-बाबुसँगै जेल जानु बाहेक अर्को विकल्प नभएका बाल-बालिकालाई विकल्प दिन लागिपरेकी उनान्तीस वर्षिया पुष्पाले काठमाडौँमा यस्तो बासस्थानको व्यवस्था गरिन जहाँबाट उनीहरु शिक्षा हासिल गर्नसक्थे, खान पाउँथे, स्वास्थ्य सेवा पाउँथे र सामान्यभन्दा अलिक राम्रो जीवन जिउन सक्थे। आफ्ना आमा-बाबुबाट छुट्टयाउनका लागि सारै साना नानीहरुका लागि पुष्पाले दिवा हेरचाह कार्यक्रम पनि संचालन गरेकी छन।
'यी बाल-बालिकाहरुले केही गलती गरेका छैनन', लस-एन्जलसमा आयोजित सम्मान कार्यक्रममा पुष्पाले भनिन, 'यिनीहरु आफूले थाहै नपाएको कारणले समातिएका छन', त्यसैले 'यस्ता सबै बाल-बालिकालाई कारागारबाट बाहिर निकाल्नका लागि हामी सरकारसँग मिलेर काम गर्न चाहन्छौं ताकि यिनीहरु उचित भविष्यका हकदार बन्नसकुन।'
पुष्पाले सन् दुइ हजार पाँचदेखि गैह्र-नाफामुलक संस्था साना बाल-बालिका विकास केन्द्रमार्फत एक सय चालिसभन्दा बढी बाल-बालिकालाई सहयोग गरिसकेकीछन।
नौ हप्तासम्म गरिएको सार्बजनिक मतदानका आधारमा पुष्पा यस वर्षका लागि सीएनएन हिरोको उपाधि जित्न सफल भएकी हुन। उपाधिका साथसाथै पुष्पाले आफ्नो कार्यलाई जारी राख्नका लागि भनेर दुइ लाख पचास हजार डलर पनि प्राप्त गरेकी छन। यसका अतिरिक्त उनले दसजना हिरोले प्राप्त गर्ने पचास हजार डलर पनि प्राप्त गरिन।
वर्षको हिरो पुरस्कार ग्रहण गर्दै पुष्पाले त्यस्ता नेपाली बाल-बालिकाका नाममा सन्देस जारी गरिन जसमा उनले भनिन: 'यो मेरा बाल-बालिकाका लागि हो, यो मेरो देश नेपालका लागि हो।' यसका साथसाथै उनले आफ्नो पक्षमा मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्न पनि बिर्सीइनन।
No comments:
Post a Comment