अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन रजतमा गिर्खा देखापरेपछि न्यू-योर्कको अस्पतालमा भर्ना हुनुभएको छ। विदेशमन्त्री क्लिन्टन यस महिनाको शुरुमा बेहोस भएर लड्नुभएको थियो।
त्यति बेला उहाँको पेटमा किटाणु भएको, तर बिजलनपछि, अर्थात् पेटमा भएको पानी निकालिएपछि, यो समस्या टरेको भनिएको थियो। श्रीमती क्लिन्टनका प्रवक्ता फिलिपे रेइन्सले दिएको जानकारीअनुसार, चिकित्सकहरुले आइतबार गरेको अनुगमन परिक्षणमा उहाँको रगतमा जमेका टुक्रा देखापरेको बताएका छन्।
श्रीमती क्लिन्टनलाई अहिले रगत पातल्याउने औषधि दिइएको र आगामी अठचालिस घन्टासम्म उहाँलाई चिकित्सकहरुको निगरानीमा राखिएको बताइएको छ।
श्रीमती क्लिन्टनले आगामी जनवरी महिनामा राष्ट्रपति ओबामाले औपचारिक रुपमा दोश्रो अवधिको कार्यभार सम्हालेपछि विदेशमन्त्री पद छोड्नुपर्ने छ। चित्र सौजन्य: बिबिसी
No comments:
Post a Comment