Thursday, January 17, 2013

अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा बन्दुक नियन्त्रणसम्बन्धी महत्वपूर्ण प्रस्ताव सार्बजनिक


अमेरिकी राष्ट्रपति बराक ओबामाले बन्दुक नियन्त्रणसम्बन्धी एकदम महत्वपूर्ण प्रस्ताव सार्बजनिक गर्नुभएको छ। 
दुइ दसकमा पहिलो पटक प्रस्तुत गरिएको भनिएको यति महत्वपूर्ण प्रस्तावमा अत्याधुनिक बन्दुक र उच्च क्षमताका कर्तुसको बिक्रीमाथि प्रतिबन्ध लगाउने र बन्दुक क्रेताहरुको पृष्टभूमि राम्रोसङ्ग चेक-जाँच गर्नुपर्ने कुरा उल्लेख छन। 
त्यसका अतिरिक्त राष्ट्रपति ओबामाले अन्य तेइसवटा कार्यकारी गतिविधि सम्बन्धी कानूनमा पनि सही गर्नुभएको छ जसका लागि संसदको अनुमोदनको अवश्यकता पर्दैन। 
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा प्रस्ताव सार्बजनिक गर्दै राष्ट्रपति ओबामाले गत डिसेम्बर महिनामा कनेक्टिकट राज्यको न्युटनस्थित स्याण्डी हुक प्राथमिक विद्यालयमा गरिएको नरसंहारपछि बन्दुक नियन्त्रणसम्बन्धी विषयलाई अब अरु पर्खन नसकिने कुरा बताउनुभयो। समाजमा वास्तविक सुधार ल्याउनका लागि अमेरिकी कांग्रेसले अब महत्वपूर्ण निर्णय गर्नैपर्ने आवश्यकता छ भन्नुभयो। तस्विर सौजन्य: बिबिसी 

No comments:

Post a Comment