पत्रकार सुनिल दाहालले फेसबुकमा सार्बजनिक गर्नुभएको "विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्व शान्तिका दूत गौतम बुद्ध नेपालका हुन भनेर देश, दुनियाँमा चीनाउँदैहिड़ने विश्व साइकल यात्री सौरब दाहाललाई सबैले सहयोग र हौसला प्रदान गरौ, यात्राका क्रममा अहिले उनी यूरोपमा नेपालको प्रचार-प्रसार गर्दै छन, उनी जहाँ पुग्छन, त्यहाँ उनले त्यहाँका सरकारी अधिकारीहरुलाई सगरमाथा र विश्व शान्तिका दूत गौतम बुद्धको तस्बीर उपहार दिनेगरेकाछन, यो सबै नेपालीका लागी गर्वको कुरा हो" पढ्दा सारै खुशी लाग्यो र मन हर्षले प्रफुल्लित भयो।
भारतले सीमापारि नक्कली लुम्बिनी बनाएको छ रे, त्यसैले त्यो नक्कली ओझेलमा पर्ने डरले संयुक्त राष्ट्र संघका महासचिव बान किमूनको नेपाल आउने र सक्कली लुम्बिनीको भ्रमण गर्ने पक्का भैसकेको भ्रमण कसैको दबाबमा सुरक्षाको कारण देखाएर रद्द गरियो।
कसको गलतीले हो या जानीजानी गरिएको हो, गुगलको नक्सामा नेपाल र चीन बीचको सीमा-रेखाले सगरमाथालाई नेपालको सिमानाभन्दा बाहिर अर्थात चीनको भू-भागमा पारिएको देखिन्छ। यस सन्दर्भमा यस बबुराले पटक-पटकसम्बन्धित निकायमा कुरा उठाएको पनि हो, तर त्यो रेखा जहाँको तहीँ छ। अथवा यो रेखा मात्र हो भनेर त्यति गम्भीरताका साथ नलिइएको पनि हुनसक्छ। तथापि शुरु हुने भनेको यस्तै अव्यक्त कुराहरुबाट नै हो। त्यसैले समयमै सजग हुनु राम्रो हुन्छ।
यस सन्दर्भमा सौरब दाहालले गर्नुभएको काम नेपाल र नेपालीको लागि सारै गुनलाग्दो काम हो। यस कामले विश्वका बौद्ध धर्मावलम्बीहरुको मनलाई पनि जरुर शान्ति दिलाएको हुनुपर्छ। धन्यवाद, सौरब दाहाललाई, यस राष्ट्रप्रेमी पवित्र कार्यका लागि!
No comments:
Post a Comment