चितवनका पत्रकारहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई घाँस उपहार पठाएछन। मानव अधिकारको कुरा गर्ने हो भने, आफूलाई चित्त नबुझेको कुरामा प्रतिक्रिया जनाउनु ठीकै हो। त्यसमा पनि पत्रकार बन्धुको हत्या-आरोपीको अनुसन्धान रोक्नखोजेको अवस्थामा पत्रकारहरु असन्तुष्ट हुनु स्वाभाविकै हो।
तथापि पत्रकारिताजस्तो राज्यको चौथो अङ्ग मानिने निकायको जिम्मेवार व्यक्ति, जसले जनमत सिर्जना गर्नमा महत्वपूर्ण भूमिका निर्बाह गर्दछ, ले बुझ पचाउन मिल्छ र भनेको? मेरो विचारमा, प्रधानमन्त्रीले पटक पटक सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर यस्ता सबै विषयलाई त्यस आयोगको अधिकार क्षेत्रभित्र पारिदिउँ, त्यसले सबै मुद्दालाई हेर्ने काम गर्छ, यसरी एक एक विषयलाई केलाउँदा यो सम्भव हुँदैन भनिसक्नुभएको छ। एक हिसाबले हेर्दा प्रधानमन्त्रीले माफी मागे सरह हो यो कुरा। त्यसबाहेक, यस विषयमा अदालतमा मुद्दा समेत हालिसकेका छन्, कानून व्यवसायीहरुले, अदालतले उहाँलाई कुरा स्पस्ट पार्न बोलाइसकेको छ। यस्तो अवस्थामा त्यहीं एउटा विषयलाई कोट्याइराहनु उपयुक्त हुन्छ र? हामी पत्रकारहरुले पनि त आफ्नो दायित्व बुझ्नुपर्छ, शायद। हामी पनि यसै देशका नागरिक न हौँ। हामीले खालि प्रतिरोध र विरोधको लहरलाई उचालिराखने मात्र होइन, हामीले मुलुकमा स्वस्थ जनमत बनाउने वातावरण पनि बनाउने प्रयत्न गर्नुपर्छ।
पत्रकारहरुले प्रधानमन्त्रीलाई घाँस दिइराख्ने, राजनीतिक दलहरुले प्रधानमन्त्रीका कारण मात्र सारा कुरा बिग्रेको हो, तिमी छोड हामी सत्तामा गएर मात्र समस्या समाधान हुन्छ भनिराख्ने हो भने समस्याको समाधान कसरी हुनसक्छ?
यसका लागि त वार्ताको टेबलमा आउनुपर्यो, विचारको मन्थन गर्नुपर्यो, तिमी यति छोड, मा यति छोड्छु, सहमति गरौँ, देशलाई अघि बढ्ने वातावरण बनाऔ भन्नुपर्यो। म मात्र सही, मेरो कुरा मात्र सहि भनेर कुरा मिल्छ र? पत्रकारहरुले यस विषयमा सोच्नुपर्छ कि पर्दैन? एकोहोरो भएर खालि विरोधको श्वर मात्र धन्काएर समस्या समाधान हुन्छ? तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment