Friday, January 18, 2013

पुरुष हिंसाका घटना: श्रीमतीबाट श्रीमान पिडीत


महिला हिंसाका नाममा डलर तान्नसकिने भएकाले यस्ता घटनाहरुलाई भजाएर मोज गरिरहेका संघ-संस्थाहरुको संख्या नेपाललगायत विश्वमै कम छैन। जताकतै कुरा चल्छ, फलानाले फलानीलाई बलात्कार गर्यो अरे, फलानाले स्वास्नीलाई जिउँदै जलाइदियो अरे, फलानीलाई मरेर पुलमुनि फालिदिएको छ अरे, आदि इत्यादि। 
महिलाद्वारा हिंसाको शिकार भएका पुरुषहरुको उद्धारका लागि भनेर विश्वका धनि राष्ट्रहरुले अरु देशमा चलखेल बढाउने योजना बनाए भने नेपालमा पनि पुरुष हिंसासम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको ओइरो लाग्नेछ, अनि त्यसपछि यहाँका संचार माध्यमहरुले पनि पुरुष हिंसाका समाचारहरुले पाना रंग्याउने अवसर पाउनेछन। इकान्तिपुरले भने यसको शुरुवात गरिसकेको छ। यसले आज आफ्नो 'मुख्य समाचार'मा 'पत्नी पीडितको व्यथा' शिर्षकमा समाचार छापेको छ, जसमा ३ वर्षअघि बैदेशिक रोजगारमा गएका नवलपरासी जिल्ला अमरौट- ६ का शिवप्रसाद चौधले आफू श्रीमती सावित्री देवीबाट पीडित भएको जिकीर गरेको कुरा उल्लेख छ। उनकाअनुसार, श्रीमती सावित्रीले आफूले विदेशमा कमाएर पठाएको सबै पैसा हिनामिना गर्नुका साथै दोश्रो विवाह मात्र गरिनन, उल्टै वारिसमार्फत अंश मुद्धा पनि हालिन। यसरी आफूमाथि हिंसा भएको जिकिरसहित  शिवप्रसाद चौधले जिल्ला अदालत (नवलपरासी?)मा प्रतिउत्तर पेश गरेका छन।
तीन वर्षसम्म विदेशमा बसेर कमाएको करिब दुई लाख नगद र हजारौ मूल्यबराबरका गरगहना लिएर घरबाट भागी अर्को विवाह गरेर बस्दैआएकी आफ्ना तीन सन्तानकी आमा सावित्रिले वारिसमार्फत आफू विरुद्ध अंश मुदा हालेर हिंसा गरेको जिकीर गर्दै शिवप्रसाद चौधले सावित्रीलाई अदालतमै उपस्थित गराउन जिकीर समेत गरेका छन।
यस्ता घटनाहरु हाम्रो देशमा नभएका होइनन, संचार माध्यमहरुको सहयोगविना ओझेलमा परेका मात्र हुन। अब यीनका पनि दिन आउने सम्भावना देखापरेको छ। तस्विर सौजन्य: इकान्तिपुर


No comments:

Post a Comment