Monday, January 14, 2013

विश्वमा शक्तिको राजनीतिको हैकम चलिरहेको बेला सम्बन्धित सबैले सजग हुनु राम्रो


महान्यायाधिवक्ता मुक्ति प्रधानले मानव अधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने सम्भावनालाई दृष्टिगत गरी आफ्नो अमेरिका भ्रमण रद्द गर्नुभएको छ। पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तको अनुसन्धान र बयान रोक्नलगाउने आफ्नो लिखित आदेशप्रति कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय समुदायले गम्भीर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र महान्यायाधिवक्तालाई विदेश भ्रमणमा रोक लगाउने तयारी गरिरहेको सुइँको पाएपछि उहाँले हाललाई भ्रमण रद्द गरेको बताइएको छ।  
अमेरिकाको युनिभर्सिटी अफ न्यु हेभेनले महान्यायाधिवक्ता प्रधानलाई 'फौजदारी न्याय प्रणाली, विधिको शासन र फोरेन्सिक साइन्स'बारे अध्ययन भ्रमणमा बोलाएकोमा उहाँले सम्बन्धित विश्व विद्यालयलाई इमेल पठाई दस दिनका लागि समय पर सारिदिन अनुरोध गरेको थाहा भएको छ। 
पहिल्यै तय भइसकेको प्रधानको भ्रमणका लागि दिइसकेको भिसा थापाको बयान रोक्न दिइएको आदेशपछि 'अमेरिकी दूतावासले रद्द गरे पनि कुटनीतिक पहलपछि फेरि भिसा जारी गरियो। तथापि भ्रमण स्थगित गरियो। कारण के हुनसक्छ?
बेलायतमा पक्राउ परेका सेनाका कर्णेल कुमार लामाकै हालत आफ्नो पनि होला भन्ने चिन्ता प्रधानलाई लागेको हुन पनि सक्छ। 
डेकेन्द्रको बयान रोक्न लगाउने महान्यायाधिवक्ता र प्रधानमन्त्रीको हरकतलाई लिएर युरोपेली कूटनीतिक नियोगसम्बद्ध अधिकारीहरूबीच गम्भीर छलफल भइरहेको छ । उनीहरू दुवैलाई भिसा रोक्ने निर्णय हुन लागेको खबर महान्यायाधिवक्ता कार्यालयमा आइतबार पुगेको बताइन्छ। डेकेन्द्रको हत्या अभियोगमा पक्राउ परेकाहरूको बयान रोक्न लगाउनुभएका प्रधानसँग अमेरिका प्रस्थान गर्नुअघि आइतबारै दिउँसो मानव अधिकार आयोगले बयान लिएको थियो। आयोगका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले प्रधानको गैरकानुनी लिखित आदेशप्रति कडा शब्दमा असन्तुष्टि जनाउनुभएको थियो थियो
मेरो विचार: कुरा र कारण जेसुकै भए पनि विश्वमा शक्तिको राजनीतिको हैकम चलिरहेको बेला सम्बन्धित सबैले सजग हुनु राम्रो हुन्छ। देशका राम्रा, अर्थात देशप्रेमी सबैलाई विदेश भ्रमणमा बोलाएर मानव अधिकारका नाममा उनीहरुलाई उतै थुनेर कारबाही चलाइदिने, अनि यहाँ प्रतिगामीहरुलाई स्थापित गरिदिने विश्व-पूंजीवादको चालबाजी पनि नहुनसक्दैन। तस्विर सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment