Monday, January 14, 2013

नेकपा, माओवादीको महाधिवेशन एक दिन लम्बियो


नेकपा, माओवादीको राजधानीमा जारी महाधिवेशन केही विषय टुंग्याउन बाँकी रहेका कारण एक दिन लम्बिएको छ। भोलि विहान नौ बजे शुरु हुने अन्तिम बैठकले केन्द्रीय कमिटीको संरचना र सदस्य संख्याबारे टुंगो लगाउने बताइएकोछ। 
नयाँ नेतृत्वको चयनसँगै आज महाधिवेशन समापन गर्ने कार्यक्रम रहेकोमा केन्द्रीय कमिटीको संरचनाको विषयमा टुंगो नलागेकाले त्यस विषयमा भोलि टुंगो लगाउने गरी आजलाई स्थगित गरिएको हो।
केन्द्रीय कमिटीमा रहने सदस्य संख्या र संरचनाबारे टुंगो लगाउन नेकपा माओवादीको केन्द्रीय समितिको बैठक विहानैदेखि बसिरहे पनि निश्कर्षमा पुग्नसकेको छैन। हाल पार्टीको केन्द्रीय समितिमा चवालिसजना सदस्य छन।
महाधिवेशनले अध्यक्ष मोहन बैद्यले राखेको जन-विद्रोहमा जाने प्रस्तावसहितको दस्तावेज हिजो नै पारित गरिसकेको छ। तस्विर सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment