Monday, January 14, 2013

आज माघे संक्रान्ति- आजदेखि सूर्य धनु रशिबाट मकर राशिमा प्रवेश गर्ने

आज माघ महिनाको पहिलो दिन- माघे संक्रान्ति, नेपालभरि स्नान, दानलगायतका विभिन्न धार्मिक कार्यक्रम गरी मनाइयो। आजदेखि सूर्य धनु रशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई 'मकर संक्रान्ति' पनि भनिन्छा। 

भक्तहरु  पवित्र देवघाटमा स्नान गर्दै 
सौरमानको गणनाअनुसार आजदेखि छ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यतानुअसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक कार्य-विधिका लागि शुभ मानिने भएकाले शुभ कर्महरु यसै बेला सम्पन्न गर्नेगरिन्छ। यस उपलक्ष्यमा आज भक्तजनहरु पवित्र नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयहरुमा स्नान गरी मकर संक्रान्ति मनाउँछन। 
थारु नाच सौजन्य: इकान्तिपुर 

आजकै दिन स्नान, दान र पूजा अर्चना सम्पन्न भएपछि आ-आफ्ना घरमा तिलको लड्डु, तरुल, घिऊ, खिचडी, फुरौला, सेलरोटी आदि परिकार बनाएर खाने,खुवाउने र मान्यजनबाट टाउकामा तोरीको तेल लगाउने चंलन छ। 

यस दिनलाई थारु समुदायका मानिसहरु आफ्नो नयाँ वर्ष- माघीका रुपमा विशेष धुमधामका साथ मनाउँछन।   

No comments:

Post a Comment