भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति ह्युगो चावेसको अर्को अवधिका लागि पदभार ग्रहणलाई पछि सार्नु वैधानिक हुने ठहर गरेको छ।
यस सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्दै त्यहाँका प्रतिपक्षी नेता हेन्रिके कप्रिलेसले सर्वोच्च अदालतको यो निर्णय बाध्यकारी छ, तर भेनेजुएलाले सामना गर्नुपरिरहेको अनिश्चितताको अन्त्य यस निर्णयले गर्दैन भन्नुभएको छ।
यसअघि भेनेजुएलाको राष्ट्रिय संसदले क्यूबाको अस्पतालमा क्यान्सरको शल्यक्रिया गराएपछि स्वास्थ्य लाभमा कठीनाइको सामना गरिरहनुभएका राष्ट्रपति चावेसलाई आवश्यक समय दिने पक्षमा मतदान गरेको थियो। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment