प्रधानमन्त्री बाबुराम भट्टराईको सम्पत्ति विवरण
प्रधानमन्त्री बाबुराम भट्टराईको गोरखा जिल्ला खोप्लाङ गाविस वडा नं ४ मा करिब दुई रोपनी पैतृक सम्पत्ति छ। प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही पुस ४ गते पेस गर्नुभएको र सूचना तथा सञ्चारमार्फत आज राष्ट्रिय समाचर समितिलाई प्राप्त सम्पत्ति विवरणमा सो कुरा उल्लेख गरिएको छ।
प्रधानमन्त्री भट्टराईको राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखामा खोलिएका दुईवटा खातामा पारिश्रमिक र भत्ताबापत प्राप्त करिब ११ लाख रुपियाँ मौज्दात रहेको जनाइएको छ। उहाँको अरु सम्पत्तिमा किताब र घरायसी सामान रहेका छन्, जसको मूल्यको हिसाब गरिएको छैन।
प्रधानमन्त्रीले सम्पत्ति विवरणमा पत्नी हिसिला यमि र छोरी मानुषी यमि भट्टराईको नाममा खोलिएका छुट्टाछुट्टै खातामा करिब आफ्नै जति सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ। रासस
No comments:
Post a Comment