उत्तर कोरियाले यसै महिना प्रक्षेपण गर्ने योजना बनाएको रकेट्लाई पत्ता लगाउनका लागि अमेरिकाले आफ्ना युद्ध-पोतहरु पठाउँदै छ। त्यस क्षेत्रमा तैनाथ अमेरिकी सेनाका प्रमुखले युद्ध-पोतहरुलाई निश्चित क्षेत्रमा पठाउनुको उद्देश्य स्थितिको उचित मूल्यांकन गर्नु रहेको बताएका छन्।
तर, जापान सरकारले भने जापानको सीमा क्षेत्रमा आइपुग्ने कुनै पनि अवशेषलाई विस्फोट गराउन सेनालाई औपचारिक आदेश जारी गरेको छ।
उत्तर कोरियाले अन्तरिक्षमा भू-उपग्रह स्थापित गर्ने उद्देश्य सहित डिसेम्बर दसदेखि बाइस तारिखसम्म रकेट प्रक्षेपण गर्ने कार्यक्रम तय गरेको छ।
उत्तर कोरियाले अन्तरिक्षमा भू-उपग्रह स्थापित गर्ने उद्देश्य सहित डिसेम्बर दसदेखि बाइस तारिखसम्म रकेट प्रक्षेपण गर्ने कार्यक्रम तय गरेको छ।
अमेरिका लगायतका अन्य मुलुकहरुले उत्तर कोरियाको रकेट प्रक्षेपण राष्ट्र संघीय प्रस्ताब अनुसार लामो दूरीको क्षेप्याश्त्र प्रविधिको परिक्षणमा प्रतिवन्ध अन्तर्गत पर्ने जनाएका छन्।
उत्तर कोरियाले यसै वर्षको अप्रिल महिनामा पनि सोही प्रयोजनको रकेट प्रक्षेपण गरेको थियो, तर त्यो रकेट प्रक्षेपणको केही मिनेटमै विष्फोट भएर कोरियाली प्रायद्विपको बाहिरी समुद्रमा खसेको थियो।
उत्तर कोरियाले यसै वर्षको अप्रिल महिनामा पनि सोही प्रयोजनको रकेट प्रक्षेपण गरेको थियो, तर त्यो रकेट प्रक्षेपणको केही मिनेटमै विष्फोट भएर कोरियाली प्रायद्विपको बाहिरी समुद्रमा खसेको थियो।
नक्सा सौजन्य: बिबिसी
No comments:
Post a Comment