Saturday, December 8, 2012

प्रतिपक्षले खालि सरकार परिवर्तनको मात्रै कुरा गर्दा सहमति हुनसकेन: सापकोटा


एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेले अरु सबै कुरालाई थाँती राखेर सत्ता परिवर्तनको मात्रै कुरा गरेकाले दलहरुबीच सहमति हुन नसकेको कुरा बताउनुभएको छ । 
हरेक शनिबार हुने सञ्चारकर्मीहरुसङ्गको नियमित भेटघाटका क्रममा प्रवक्ता सापकोटाले कांग्रेस र एमालेले प्रतिगमनको बाटो अवलम्बन गरेको आरोप पनि लगाउनुभयो।
वार्तामा हामीहरु संवैधानिक अंगहरूमा नियुक्ति, नयाँ निर्वाचन, संविधान सभाले यसअघि गरेका कामहरुको मूल्यांकनलगायतका विषयमा समग्रमा सहमति गरौं भन्छौं, उनीहरु भने खालि सरकार परिवर्तनको मात्रै कुरा गर्छन, त्यसैले सहमति हुनसकेन, सापकोटाले भन्नुभयो। 
तस्विर सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment