प्रधानमन्त्री डा बाबुराम भट्टराईले कैलालीको टीकापुरमा नवनिर्मित टीकापुर अस्पताल भवनको आज विहान उद्घाटन गर्नुभयो। पच्चीस शय्याको सो अस्पतालको निर्माण नेपाल सरकारको करिब चार करोड रुपियाँको लगानीमा गरिएको हो।
समारोहमा प्रधानमन्त्री भट्टराईसमक्ष अस्पतालको विकाससम्बन्धी मागपत्र पेस गरिएको थियो। यस्तै टीकापुर विकास समिति, टीकापुर उद्योग वाणिज्य सङ्घलगायतले पनि प्रधानमन्त्रीसमक्ष विभिन्न माग राख्दै मागपत्र पेस गरेका थिए।

मुक्त कमैया बाबुराम चौधरीको घरमा बास बस्नुभाएका प्रधानमन्त्री भट्टराइले चौधरी समुदायका खानाका परिकार खानुभएको थियो। रासस
No comments:
Post a Comment