Saturday, December 8, 2012

मधेसी दलबाट सहमतीय सरकारको प्रधानमत्री बनाउने प्रस्ताब कांग्रेस र एमालेद्वारा अस्वीकार


नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले मधेसी दलबाट प्रधानमन्त्री बनाए सहमति गर्नसकिने माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई अस्वीकार गरेका छन । ललितपुरको बालकुमारीस्थित एमालेका भूतपूर्व सांसद कृष्णलाल महर्जनको घरमा भएको कांग्रेस र एमालेका नेताहरुसङ्गको अनौपचारिक वार्तामा मधेसी दलबाट प्रधानमन्त्री बनाएर सहमतीय सरकार निर्माणका लागि माओवादी अध्यक्ष दाहालले जोड दिएको बताइएको छ। तर, नेपाल र सिटौलालले भने सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै दाहालको प्रस्ताव अस्वीकार गरेको थाहा भएको छ 
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्ण सिटौलासङ्ग आज शनिबार विहान भएको छलफलमा दाहालले मधेसी दलबाट इमान्दार मानिएका नेताको नेतृत्वमा सहमतीय सरकार गठनको प्रस्ताव गर्नुभएको हो। मधेसी नेताको नाम उच्चारण नगरे पनि उहाँले भन्नखोज्नुभएक इमान्दार मधेसी नेता तमलोपाका अध्यक्ष महन्थ ठाकुर भएको अनुमान गरिएको छ।
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि थपेको तेस्रो पटकको म्यादभित्र सहमति जुटाउने प्रयासस्वरुप नेताहरुले औपचारिकका साथसाथै अनौपचारिक वार्तालाई पनि तिव्रता दिएका छन। 

No comments:

Post a Comment