भारतको राजधानी दिल्ली- कुनै बेला भारतीय संचार माध्यमहरु फुक्थे- 'न बिजुली, न पानि, यो कस्तो राजधानी' भनेर। भारतको त्यही राजधानी अहिले बलात्कार, हत्या र अपहरणको पर्याय बनेको छ। शायद यस्तै कुकर्म र पापमा त्यहाँका मानिसहरु लिप्त भएकाले होला, त्यहाँ दिउँसो तीन बजेनै अन्धकार हुन्छ, कहिलेकाहीं। प्रकृतिलाई पनि त्यो अत्याचार मन परेको छैन।

मन्त्री उदासिन भए पनि, यस घटनाले भारतीय सर्बसाधारणलाई भने मर्माहत बनाएको छ, चिढ्याएको छ। भारतको 'बलात्कार राजधानी'का रुपमा पहिलेइ कुख्यात दिल्लीको दुर्नामलाई आइतबारको घटनाले अझै तल झारेको कुरा टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। अर्को समाचारपत्र मेल टुडेले 'बर्बरताले नगरको बदनाम गराएको छ' शिर्षकमा समाचार प्रकाशित गरेको छ जसमा आइतबार राति आतंकले फेरि राजधानी दिल्लीका गल्लीहरुको चक्कर लगाएको छ भनिएको छ। दिल्लीमा फेरि लज्जास्पद घटनाले रात्रिमा यात्रा गर्नुपर्ने युवती र महिलाको सुरक्षाको विषादपूर्ण निन्याउरो अवस्थामाथि फेरि ध्यान केन्द्रित गरेको कुरा द पाइओनियरले उल्लेख गरेको छ।
दिल्लीका मुख्य मन्त्री शीला दिक्षितले घटना सारै मर्माहतपूर्ण भएको भन्दै पिडितलाई छिटो न्याय दिलाउनका लागि तिब्र-न्याय-अदालत गठन गर्ने बारे सोचिने बताउनुभएको द हिन्दुले उल्लेख गरेको छ। त्यस्तो अदालतले जस्तोसुकै न्याय दिलाए पनि पिडितको मानसिक अवस्था पहिलेको स्थितिमा कदापि फर्कनसक्दैन, त्यस घटनाले उसको जीवनभरि उसलाई डसिरहन्छ, जसले उसको कार्य सम्पादनमा नकारात्मक असर पारिरहन्छ। त्यसैले न्याय दिलाउनु भन्दा न्याय दिलाउनै नपर्ने अवस्था सिर्जना गर्नु बुद्धिमानी! तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment