नेपाली दाजु-भाइ दिदी-बहिनीले पनि। त्यसरी च्याट्टै छोडेर जानु हुँदैनथ्यो कि। अब जे हुनु भैसक्यो।
तथापि काम लागे आफ्नै मान्छे। अर्काले गुहार सुन्दैन। आशंका मात्र गर्छ। अफ्नाले चिनेको हुन्छ, माया
गरेको हुन्छ।
त्यसैले सहयोग पनि गर्छ। यसै कारण त होला, तपाईंको पत्र पुग्दासाथ दूताबासले पत्राचार गरिहाल्यो, थाई
प्रहरीलाई पारस शाहको सुरक्षाको व्यवस्था गरिदिन भनेर। पारस शाह आफै उपस्थित नभएर
थाइलेण्डस्थित गैह्र-आवासीय नेपाली संघका सचिव सुनिल खड्का र केही अरु त्यही बस्ने नेपालीहरुले उक्त निवेदन दुताबास पुर्याय पनि दूताबासले तपाईको सम्मान गरेकै देखियो। तपाईंको ज्यू-धनको सुरक्षा थाई प्रहरीले राम्रोसङ्ग गरोस, यही हाम्रो शुभकामना!
No comments:
Post a Comment