Tuesday, December 18, 2012

चक्रपथको कलङ्की–कोटेश्वर सडक खण्डलाई दश लेनमा विस्तार गरिने

चीन सरकारको अनुदान सहयोगमा काठमाडौँ को चक्रपथअन्तर्गत कलङ्की–कोटेश्वर सडक खण्डलाई दश लेनमा विस्तार गरिनेभएको छ। साढे नौ किलोमिटर लामो उक्त सडक खण्डको विस्तारसम्बन्धी सम्झौतापत्रमा सडक विभाग र साङ्हाइ निर्माण समूहबीच आज हस्ताक्षर सम्पन्न भएको छ ।

सडक विभागमा मआयोजित कार्यक्रममा  सडक विभागका महानिर्देशक दिनकर शर्मा र साङ्हाइ निर्माण समूहका नायब महानिर्देशक सेन सिइङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
चिनियाँ प्रधानमन्त्री वन च्यापाउको गत पुस ३० गते भएको नेपालको औपचारिक भ्रमणका बेला चक्रपथ विस्तारसम्बन्धमा सैद्धान्तिक सहमति भएअनुरुप आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडकखण्डको लागत चार अर्ब रुपियाँ रहेको छ ।
सम्झौताअनुसार, दायाँ-बायाँ चार लेनको दुईतर्फी सडक र दुबैतर्फ एक-एक लेनको  साइकल लेन र पद-मार्ग निर्माण गरिने छ। यसका साथै,  तीन स्थानमा आकासे पुलको निर्माण गरिने जानकारी महानिर्देशक शर्माले दिनुभयो।
सडक बिस्तारको कार्य शुरु गर्नका लागि चीनबाट दुई सयजना मुख्य कामदार र आवश्यक उपकरण  ल्याइने र ती श्रमिकहरुलाई आवासको व्यवस्था गर्न कम्तिमा दुई महिना लाग्ने भएकाले तीन महिनापछि मात्र काम शुरु हुने जानकारी द्विपक्षीय सम्झौताको एउटा अंश उद्धृत गर्दै महानिर्देशक शर्माले भन्नुभयो । रासस

No comments:

Post a Comment