आज विहान यौटी महिला रेडियोमा भन्दैहुनुहुन्थ्यो 'चार चार वर्षसम्म आफूखुशी म्याद थप्दै खादै गरेर नेपाली जनतालाई झुक्क्याउँदैआएका यी नेपाली नेताहरुलाई जनता सामू जान डर लागिरहेकोछ, त्यसैले यिनीहरु सहमतिका नाममा आफ्ना दिन लम्ब्याइरहेकछन यसैगरी खाइरहनका लागि, नत्र त सहमति गरेर निर्बाचन गराउनतिर लगिहाल्थे नि' भनेर। उहाँले नेताहरुको मनको कुरो बुझ्न सकेको पनि हुनसक्छ।
यिनीहरुले सहमति गर्नचाहेकै भए त संविधान सभाको निर्वाचन-परिणामपछि अन्तरिम संविधानमा व्यवस्था भएको सहमतीय प्रणालीलाई बहुमतिय प्रणालीमा संशोधन गर्दैनथे, अबस्य पनि। यसो नगरे सहमतिका नाममा वर्षौं बिताउँदै खाँदै गर्न कहाँ पाइन्थ्यो र? अहिलेको अवस्थालाई नियाल्दा पनि कुरा प्रष्टै छ- सहमति गर्ने चाहना यिनीहरुको पटक्कै देखिदैन। सहमतिका लागि वार्तामा बस्ने अरे, सहमति गर्नेखालका कुरै नगर्ने। अपनाउनुपर्ने सारा लचकता तिमी अपनाउ, म केही पनि छोडदिन भनेर पनि सहमति हुन्छ? सहमतिका नाममा बखेडा थाप्ने, अनि सबै दोष अर्काको टाउकोमा थुपारेर आफू चोखो बन्नखोज्ने, नालायकहरु। अनि आफ्नो नालायकीपनलाई लुकाउनका लागि राष्ट्रपतिलाई गुहार्छन, तिमी कदम चालिदेउ भनेर।
राष्ट्रपति पनि विवेकहीन भैदिएको भए त यो देशको हालत के भैसक्थ्यो आजसम्म। कामचलाउ सरकार सत्तामा भैरहेका बेला प्रतिपक्षले प्रधानमन्त्रीको उम्मेदवार लिएर राष्ट्रपतिकहाँ शपथ ग्रहणका लागि पुग्नुपर्नेमा आफूले एउटा उम्मेदवार चुन्न नसकेको लाज लुकाइदिन राष्ट्रपतिलाई गुहार्दा सहमतिको सरकारका लागि दलहरुलाई आह्वान गरेर एउटा गलती गरिसकेका राष्ट्रपति महोदय फेरि अर्को विवादमा फस्नु कदापि राम्रो हुनेछैन।
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको चौथो अवधिको समय-सीमा सकिएपछि फेरि पाचौं पटक म्याद थप्न राष्ट्रपतिलाई गुहार्न 'शीर्ष नेताहरु'- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार आज विहान राष्ट्रपति निवास शीतल निवास पुग्नुभयो, तीनदेखि पाँच दिनको समय माग गर्नुभयो। दलहरूले समग्र पुलिन्दामै राजनीतिक सहमति जुटाउन लागेको सन्देश दिएपछि शीतल निवासले पाँचौं पटक म्याद थपको गृहकार्य गरेको बताइएको छ ।
सत्र पटकसम्म प्रधानमन्त्रीको दौडमा लाज पचाएर लागिराख्ने यी नेताहरुका लागि पाँचौ, छैटौं पटक त के नै भयो र?!
सत्र पटकसम्म प्रधानमन्त्रीको दौडमा लाज पचाएर लागिराख्ने यी नेताहरुका लागि पाँचौ, छैटौं पटक त के नै भयो र?!
No comments:
Post a Comment