अफ्रिकी राष्ट्र केन्याको ताना नदी क्षेत्रमा परस्पर विरोधी कृषि समूहहरु बीच भएको पछिल्लो भिडन्तमा कम्तिमा उनान्चालिसजनाको मृत्यु भएको छ।
पोकोमो समुदायका किसानहरुले ओर्मा गाउँका किपाओहरुमाथि आज विहानै गरेको आक्रमणमा परी ती मानिसहरु मारिएको जानकारी त्यहाँको प्रहरीले दिएको छ।
आक्रमणका क्रममा घरहरु जलाइएको र गाउँलेहरुलाई तरबारले काटेको जानकारी पनि प्रहरीले दिएको छ।

पोकोमो र ओर्मा समुदायका किसानहरु बीच गत अगस्ट र सेप्टेम्बरमा चर्केको प्रतिद्वन्द्वितामा परी एक सयभन्दा बढी गाउँले मारिएकाथिए।
आजको आक्रमणमा परी महिला र केटा-केटी पनि मारिएको र हताहत दुवै पक्षतिर भएको कुरा प्रहरीले जनाएको छ।
आजको आक्रमणमा परी महिला र केटा-केटी पनि मारिएको र हताहत दुवै पक्षतिर भएको कुरा प्रहरीले जनाएको छ।
थप प्रहरी र आकस्मिक सेवाका अधिकारीहरु घटनास्थल पुगेको र घाइतेहरुलाई बन्दरगाह शहर मुम्बासाको अस्पताल पुर्याइएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment