भारतको राजधानी दिल्लीमा गत आइतबार सामूहिक बलात्कार गरिएकी युवतीलाई अझै गहन उपचार कक्षमा राखिएको र उनको अवस्था खतरामुक्त नभएको जानकारी चिकित्सकहरुले दिएका छन।
चिकित्सकले दिएको जानकारीअनुसार, तेइस वर्षिया ती विद्यार्थी होसमा छन् र उनको शरिरले जीवित रहने तिब्र उत्कण्ठा देखाएको छ।
चिकित्सकहरुले उनका दुइवटा शल्यक्रिया गरिसकेका छन, र उनलाई जीवन-समर्थक यन्त्रमा राखिएको जानकारी दिल्लीको सफ्दर्जुंग अस्पतालका चिकित्सकहरुले दिएको कुरा बिबिसीले जनाएको छ।
बेलुकि साढे नौ बजे दिल्लीको नगर बसमा चढेका ती युवती र उनका पुरुष साथी बसभित्रै आक्रमण र बलात्कारको शिकार भएपछि त्यहाँको जना-समुदायमा व्यापक असन्तोष देखापरेको छ।
दिल्लीलाई महिलाहरुका लागि सुरक्षित स्थान बनाउन सरकारले शृंखलाबद्ध उपायहरुको घोषणा गरेको छ। प्रहरीले बसका चालकलगायत चारजनालाई पक्राउ गरेको छ, र अरु दुइजनाको खोजी गरिरहेको जनाएको छ। तस्विर सौजन्य:बिबिसी
No comments:
Post a Comment