चीनले विश्वको सबैभन्दा लामो द्रुत रेल मार्गलाई औपचारिक रुपमा संचालनमा ल्याएको छ।
चीनको राजधानी बेइजिङ्गलाई दक्षिणको ब्यापारिक केन्द्र क्वांचौ नगरसङ्ग जोड्ने सो द्रुत मार्गको दूरी दुइ हजार दुइ सय अन्ठानब्बे किलोमिटर छ।
बेइजिङ्गबाट आज विहान तिब्र गतिको पहिलो रेल (बुलेट ट्रेन) क्वांचौका लागि पठाएर औपचारिक रुपमा त्यस मार्गमा उद्घाटन गरियो।
यस मार्गको उद्घाटनपछि पहिले सामान्यतया बाइस घण्टा लाग्ने यात्रा अब दस घन्टामा सिमित भएको जानकारी सिन्ह्वा समाचार समितिले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment