Wednesday, December 26, 2012

जापानका नयाँ प्रधानमन्त्री शिन्जो आबेद्वारा आफ्नो मन्त्रीमंडलको घोषणा


जापानका नयाँ प्रधानमन्त्री शिन्जो आबेले आफ्नो मन्त्रीमंडलको घोषणा गर्नुभएको छ।  यसै महिना भएको संसदीय निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेपछि आज बसेको संसद्को बैठकले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरेलगत्तै श्री आबेले मन्त्रीमंडलको घोषणा गर्नुभएको हो। 
सन् दुइ हजार छ-सातमा प्रधानमन्त्री रहिसक्नुभएका आबेले अर्का भूतपुर्ब प्रधानमन्त्री तारो असोलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पनुभयेको छ भने विदेश मन्त्रालयको जिम्मेवारी फुमियो किसिदलाई

टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री आबेले आफ्नो सम्पूर्ण मन्त्रीमंडलको सहायताले आफूले कडा मौद्रिक नीति, लचकदार वित्तीय नीति र आर्थिक बृद्धि रणनीति लागू गर्ने कुरा बताउनुभयो। 
 तस्विर सौजन्य: बिबिसी  

No comments:

Post a Comment