सीमा क्षेत्रका सम्बन्धमा चीन र जापान बीच विवाद भैरहेका बेला पूर्वी चिनियाँ समुद्रमा अवस्थित टापूहरुको निजी स्वामीत्व किन्न जापान इच्छुक रहेको कुराको पुष्टि जापान सरकारका उच्च प्रवक्ताले गरेका छन।
जापानमा सेनखाखु र चीनमा तियाओयु नामले चिनिने ती टापूहरुको स्वामीत्व हासिल गर्न जापान औपचारिक रुपमा सहमत भएको जानकारी जापानी मन्त्रीमण्डलका मुख्य सचिव ओसामु फुजिमोराले दिनुभएको बिबिसीले जनाएको छ।
मानिसको बसोबास नरहेको, तर प्राकृतिक श्रोतले सम्पन्न ती टापूहरुमाथि जापानले नियन्त्रण गर्दैआए पनि थाईवानले समेत ती टापू आफ्ना भएको दाबी गर्दैआएको छ।
तियाओयु टापूहरुमाथिको स्वामीत्व हासिल गर्न जापानको मनसायको विरोध गर्दै चीनले यसबाट चीन र जापान बीचको सम्बन्धमा प्रभाव पर्ने चेतावनी दिएको छ।
तर जापानी मन्त्रीमण्डलका मुख्य सचिव ओसामु फुजिमोराले भने जापानी भू-भागको एक हिस्साको रुपमा रहेको यस भूमिको स्वामीत्व नीजीबाट सरकारमा आउने मात्र भएकाले यस किन-बेचले कुनै पनि मुलुकलाई कुनै पनि खालको समस्या पार्नुनपर्ने विचार व्यक्त गर्नुभएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment