मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले मुलुकको वर्तमान अन्योलपूर्ण अवस्थाको सहज निकासका सम्बन्धमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको यही पुस १४ र १५ गते बसेको पहिलो केन्दीय कार्य–समितिको बैठकबाट पारित धारणा अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राज किशोर यादवले सार्वजनिक गर्नुभयो।
संविधान सभाले सम्पन्न गरेका कामहरूको स्वामित्व ग्रहण गरी ती विषयहरूलाई दोस्रो संविधान सभामा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने पार्टीको धारणा रहेको जानकारी अध्यक्ष यादवले दिनुभयो।
संविधान सभाले सम्पन्न गरेका कामहरूको स्वामित्व ग्रहण गरी ती विषयहरूलाई दोस्रो संविधान सभामा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने पार्टीको धारणा रहेको जानकारी अध्यक्ष यादवले दिनुभयो।
तत्कालीन राज्य पुनःसंरचना तथा शाक्ति बाँडफाँड समितिले प्रस्तुत गरेको १४ प्रदेश, तत्कालीन उच्चस्तरीय राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको १० प्रदेश र त्यसमा अल्पमतको रुपमा आएको छ प्रदेशको प्रस्तावमा सहमति नबनेको तथा उक्त विषय विवादित रहेको सन्दर्भमा विवादितरुपमै ग्रहण गरेर थप छलफल एवं अन्तिम निर्णयका लागि दोस्रो संविधान सभामा प्रस्तुत गर्नुपर्ने पार्टीको धारणा रहेको जानकारी पनि उहाँले दिनुभयो।
पार्टीले सहमतिको आधारमा वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई पुनःगठन गरी राष्ट्रिय सहमतिको सरकारको रुपमा रुपान्तरित गर्नसकिने वा संयुक्त लोकतान्त्रिक गठबन्धनभित्रबाटै कुनै अर्को नेताको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नसकिने विकल्प प्रस्तुत गरेको छ।
यसैगरी प्याकेजमा सहमति भएमा चुनावी सरकारको नेतृत्वका अन्य विकल्पमाथि छलफल गर्नसकिने र प्याकेजमा सहमति नभए कांग्रेस-एमालेको नेतृत्व पार्टीलाई नेतृत्व दिन नसकिने कुरा अध्यक्ष यादवले बताउनुभयो। रासस
No comments:
Post a Comment