उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग-उनले नयाँ वर्षको पूर्व -सन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको आफ्नो पहिलो सम्बोधनमा आर्थिक सुधारको आबश्यकता, र कोरियाली एकीकरणक सन्दर्भमा उत्तर कोरियाको धारणा स्पष्ट पार्नुभयो।
राष्ट्रिय टेलिभिजनमार्फत बोल्दै उहाँले बिबादले युद्ध मात्र निम्त्याउने चेतावनी दिनुभयो। दक्षिण कोरियामा अनुदारवादी पार्क गुन-ह्ये मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको केही हप्तामै भएको यस सम्बोधनलाई अर्थपूर्ण हिसाबले हेरिएको छ।
सन् उन्नाइस सय चौरानब्बेमा किम जोङ्ग-उनका हजुरबा किम इल-सुङ्ग्ले राष्ट्रिय टेलिभिजन र रेडियोमार्फत राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो। किम जोङ्ग-उनका पिता किम जोङ्ग-इलले सार्बजनिक रुपमा विरलै सम्बोधन गर्नुहुन्थ्यो।
राष्ट्रपति किम जोङ्ग-उनको सम्बोधनलाई उत्तर कोरियाका तीनवटा प्रमुख समाचारपत्रले संयुक्त सम्पादकीय बनाएर प्रकाशित गरेका थिए। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment