पश्चिम अफ्रिकी राष्ट्र आइभोरी कोस्टको राजधानी अबिजांमा भएको भागदौडमा परी कम्तिमा साठीजना मानिस मारिनुका साथै लगभग दुइ सयजना घाइते भएका छन।
नयाँ वर्षको रमझममा भाग लिएर फर्कनलागेका मानिसहरु बीच भागदौडमा परी मारिनेहरुमा अधिकांश आठदेखि पन्ध्र वर्ष बीचका केटा-केटी रहेको बताइएको छ।
भागदौडको कारणबारे थाहा हुन नसकिरहेको अवस्थामा घटनाका बारेमा अनुसन्धान गर्ने प्रतिबद्धता सरकारी पक्षले गरेको छ। नक्सा सौजन्य: बिबिसी
No comments:
Post a Comment