'प्रधामन्त्री बाबुरामको नेतृत्व माओबादी र कांग्रेसलाई स्वीकार्य छैन'। 'भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमति हुन सक्दैनम प्खेरी पनि सक्दैन'। यसरी बाबुरामको खेदो खन्नेहरुले आफूहरुले अचाक्ली गरेको अनुमान गर्नसकेका छैनन् या गर्न चाहेका छैनन्। कुनै कुनै नेताहरुले त यति तल झरेर बाबुरामलाई गालि गर्नथालेका छन् कि उनीहरुलाई अब नेता भन्न पनि लाज लाग्नथाल्यो। बाबुराम बौलाएकै हुन् भने कसैले अस्पताल लगेर प्रमाणित गर्नुपर्यो, र उनलाई जबर्जस्ति कुर्चीबाट हटाउनुपर्यो। किनकि दिमाग बिग्रेको मान्छे कुनै पनि देशको प्रधानमन्त्री हुन योग्य हुनसक्दैन (भोलि फेरि देश बेच्ने कागतमा हस्ताक्षर गरिदियो भने)। होइन भने, आफ्नो अकर्मण्यतालाई लुकाउनका लागि कसैले यस्तो तल्लो स्तरको गाली गर्छ भने उसको दिमागी हालतका बारेमा प्रश्न उठाउने कि नउठाउने?
व्यक्तिगत रुपमा बाबुरामलाई अस्वीकार गर्ने यी दल, अझ भनौं यी दलका नेताहरुलाई शायद आफूहरुले एकीकृत नेकपा माओवादीलाई अस्वीकार गरिरहेका छौं भन्ने हेक्का छैन। एकीकृत नेकपा माओवादीलाई अस्वीकार गर्नुको अर्थ एकीकृत माओवादीले आफ्नो अपमान गर्नेहरुलाई स्वीकार गर्नुपर्छ भन्ने छैन, शायद।
यदि त्यसो हो भने तिमि सत्तामा जाँदा साथ कसरी हुन्छ राष्ट्रिय सहमति? हिजो त तिमीनै सत्तामा थियौ। किन गरेनौ राष्टिय सहमति? अब बाबुरामले छोडेर तिमी फेरि कुर्चीमा बसेपछि राष्ट्रिय सहमति हुने आधार के छ?
कामचलाउ प्रधामन्त्रीको राजिनामालाई यस्तो प्रमुख विषय बनाएर छ छ महिना विताइसकिएकोछ। अझ उहाँको राजिनामा विना राष्ट्रिय सहमति हुनैसक्दैन भनिदैछ।
नयाँ प्रधानमन्त्रीको नाम लिएर राष्ट्रपतिकाहा जाँदासाथ कामचलाउ प्रधानमन्त्री स्वतः सत्ताबाट बाहिरिने अवस्था हुदाहुँदै तिमी जाउ अनि हामी प्रधानमन्त्रीको नाम सार्वजनिक गर्छौं भन्ने जस्तो रहस्यमय कुरा गरिंदैछ।
प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने व्यक्तिको शपथ ग्रहण र पदभार ग्रहण अधिनै बाबुराम भट्टराई बाहिरिएपछि सत्ता रिक्तताको स्थिति औंदैन र? यस विषयमा नेपाली राजनीतिज्ञहरुले किन अनभिज्ञता प्रकट गरिरहेका छन? त्यसो भएमा धमिलो पानीमा माछा मार्नचाहनेहरुलाई नै फाइदा पुग्दैन र? अनि तपाईहरुले साठी-सत्तरी वर्षदेखि जारी राख्नुभएको संघर्षको प्रतिफल-- प्रजातन्त्रको हालत के हुन्छ? यसबारेमा सोच्ने कि, कुर्चीकै मोहमा झुलिराख्ने?
No comments:
Post a Comment