थाईवानमा यस वर्ष पहिलो पटक छजना अपराधीलाई गोली हानी मृत्यु दण्ड दिइएको छ। ती मानिसहरुको अपराधको प्रकृति हेर्दा उनीहरुलाई माफी दिनुपर्ने कुनै कारण नभएको कुरा त्यहाँका उप-न्यायमन्त्रीले बताउनुभएको बेला अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था- एम्नेस्टी इन्टरनेशनल्ले भने 'भावनाहीन कदम' भन्दै यस घटनाको निन्दा गरेको छ।

राजधानी थाइपै, मध्यवर्ती शहर थाइचुङ्ग र द्वीपको दक्षिणी भागको गरी तीनवटा कारागारमा दुइ/दुइजनालाई त्यसरी मृत्यु दण्ड दिइएको थियो। ती छजना सबै हत्यारा थिए।
नागरिकहरुको कडा प्रतिक्रियालाई रोक्नका लागि शुक्रबार बेलुकि सो मृत्यु दण्ड दिइएको कुरा त्यहाँको न्याय मन्त्रालयका प्रवक्ताले जनाएका छन्। धार्मिक र मानव अधिकारवादी समूहहरुले मृत्यु दण्डको विरोध गरे पनि मारिएका मानिसहरुका परिबारका सदस्यहरु यसको समर्थन गर्दछन, पछिल्लो मत-सर्भेक्षणको परिणाममा पनि अधिकांश मानिसले मृत्यु दण्डको समर्थन गरेको देखिएको छ। मृत्यु दण्ड दिने कानूनलाई खारिज गर्ने पक्षमा आम जनताको एक मत नहोउञ्जेल कानूनको कार्यान्वयन गर्नु राज्यको दायित्व भएको कुरा न्याय मन्त्रालयले जनाएको छ।
थाइवानमा मृत्यु दण्डको सजाय पर्खेर बसेका बन्दीहरुको संख्या अझै पचपन्न रहेको कुरा त्यहाँको सरकारी संचार माध्यमले दिएको छ।
No comments:
Post a Comment