Friday, January 4, 2013

यो संसार बलात्कारीहरुकै हो कि क्या हो?


मानिस सबैभन्दा बुद्धिमान पशु हो भन्थे, तर त्यसो रहेनछ, शायद! हामीले गाली गर्दा 'कुक्कुर' भनेर नाम लिने जनवार पनि कार्तिकमा मात्र मात्तिन्छ। हामी मानिसहरु त, खै के हो! बाह्रमाषे! अनि पशुभन्दा पनि निकृष्ट स्वभावका। 

यसो विचार गर्दा त, नेपालमा पनि मुसलमान समुदायमा जस्तो सार्बजनिक स्थलमै सबैले ढुंगाले हानेर मर्ने कानून बनाउनुपर्छ कि जस्तो लाग्छ। 

महिलाहरुलाई त मानिसहरुले उपभोग, त्यो पनि जबर्जस्ती,को वस्तु नै बनाए बा! 

दिल्लीको भक्कानो छुट्नेखालको, मानवतालाई नै कलंकित गर्नेखालको दर्दनाक घटनाले हल्लिएको विश्व-कम्पन मत्थर हुन नपाउंदै भारतकै आसाममा सत्तारुढ दल कांग्रेसकै राजनीतिक प्रतिनिधिले महिलाको कोपको भागी बन्नुपर्यो। अनि नेपालको झापामा फेरि हिजै अर्की कलकलाउँदी लाउँ-खाउँ भन्ने उमेरकी किशोरी नर-पशुहरुको कुदृष्टिको शिकार बन्नपुगिन।

स्नातक दोश्रो वर्षमा अध्ययनरत उन्नाइस वर्षकी किशोरीलाई आफ्ना केटा साथीसङ्ग कुरा गरिरहेका बेला केटालाई कुटेर पछारेपछि केटीलाई लछारपछार गर्दै जबर्जस्ती दमक-9 स्थित हिमालय गुडरिक चिया बगानमा लगेर अनैतिक व्यवहार गर्ने यी  नर-पशुहरुको अनुहार त हेर्नुस। यति राम्रो मानिसको चेहरा कति घिनलाग्दो भएको।

बेलुकि सात बजे अपहरणमा परेकी ती किशोरीलाई विहान चार बजे उद्धार त गरियो, तर के उनको मानसिक अवस्थाले उद्धार पाउल? अपहरण र बलात्कारमा संलग्न दमक-9 का सत्र वर्षको सचिन भट्टराई, अठार वर्षको सन्दीप दर्जी र उन्नाइस वर्षको आशिष दर्नाललाई प्रहरीले गिरफ्तार त गर्यो, तर के तिनीहरुले कसुरमाफिकको सजाय पाउलान?  सन्दर्भ सामग्री/तस्विर सौजन्य: इमाज्जा डट कम  

No comments:

Post a Comment