Friday, January 4, 2013

कारागारभित्रको झडपमा कांग्रेस कार्यकर्ताको मृत्यु, सिन्धुली सदरमुकाममा कर्फ्यु

सिन्धुली जिल्ला कारागारमा कैद बन्दीहरुबीच भएको झडपमा ज्यानमुद्दामा सजाय काटिरहेका तरूण दलका कार्यकर्ताको मृत्यु भएपछि नेपाली कांग्रेसले घटनाको यथार्थ बुझ्न केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदयशम्शेर राणा र डेमोक्रेटिक लयर्स एशोसिएसन सिन्धुलीका अध्यक्ष सम्मिलित एक समिति गठन गरिएको जनाएको छ।  

त्यस घटनाको विरोधमा कांग्रेस कार्यकर्ताले गरेको प्रदर्शनका कारण तनावग्रस्त बनेको सदरमुकाम सिन्धुलीमाढीमा स्थानीय प्रशासनले कर्फ्यु आदेश समेत जारी गर्नुपर्यो, जसका कारण अनाबश्यक रूपमा सर्वसाधारणले सास्ती खेप्नुपर्ने हुन्छ।

आफ्नो दलको एकजना कार्यकर्ता, त्यो पनि स्पष्ट शब्दमा भन्ने हो भने अपराधी, जसको नाम लिनुपर्दा सम्बन्धित राजनीतिक दलको शिर निहुरिनुपर्ने हो, को कारागार भित्र भएको झडपका कारण मृत्यु हुँदा 'हिरासतमा एउटा नागरिक सुरक्षित रहँदैन भने को कहाँ सुरक्षित छ' भन्ने प्रश्न उठाउँदै छानबिन समिति गठन गर्ने, जिल्लाको प्रशासकीय निकायमाथि ढुङ्गामुढा गर्ने, सडकमा टायर बालेर बजार र यातायात बन्द गर्ने, स्थितीलार्इ नियन्त्रणामा लिन कर्फ्यु आदेश जारी गर्न वाध्य पार्ने दलहरु देशका निरपराधी, निरीह सर्बसाधारण महिलाहरु बलात्कृत हुँदा समेत चूप लागेर बस्नु कतिसम्म जायज हो? झापाकी एउटी किशोरीले सामूहिक बलात्कारको शिकार हुनुपरेको विरोधमा महिलाहरु मात्र प्रदर्शनमा उत्रिनुपर्ने? त्यो पनि कुनै निश्चित राजनीतिक दलको झण्डामुनि? सन्दर्भ सामग्री/तस्विर सौजन्य: इमाज्जा डट कम  

No comments:

Post a Comment