Friday, January 4, 2013

मानिस इमान्दार भएको खण्डमा सहमति नजुट्ने भन्ने कुरै हुँदैन


मानिस इमान्दार भएको खण्डमा सहमति नजुट्ने भन्ने कुरै हुँदैन। तर हाम्रो देशका जुँगाको लडाईमा व्यस्त साठी वर्षभन्दा बढी प्रजातन्त्रका लागि लडेका तथाकथित प्रजातन्त्रबादी/गणतन्त्रबादी नेताहरुले देश र जनताको हितका लागि मात्र भए पनि भनेर आफ्ना अडानबाट अलिकति मात्र पनि टसकोमस गर्न समेत चाहेनन। 
एउटा पक्षले छ महिना लगाएर पनि प्रधानमन्त्रीको उम्मेदवार छान्न नसकेपछि तिमीले बाटो प्रशस्त गरिदिनुपर्छ, म कुर्चीमा बस्नजान्छु भन्यो, अर्कोले म र तिमीमा तात्विक भिन्नता के नै छ र? आउ संविधान सभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने व्यवस्था गरौँ, निर्वाचनको तिथि-मिति तोकौं, संवैधानिक निकायहरुमा रिक्त रहेका पदहरुमा नियुक्ति गरौँ, अनि तिमीलाई कुर्ची छोड्न तयार म भन्यो। एउटा पक्षले म कुनै सहमति गर्न चाहन्न, मलाई खालि कुर्ची मात्र चाहिन्छ भनेर कामचलाउ प्रधानमन्त्रीको राजिनामाको बाल रट लगाउनु बाहेक अर्को कुनै शब्द बोल्नै जानेन, अर्को पक्षले तिमी मलाई अछुतको व्यवहार गर्छौ भने मैले तिमीलाई डाडु-पनियो कसरी सुम्पने भनेर बस्यो। परिणाम यही निस्क्यो, अब बाँदरहरुको लडाईंको फाइदा पर बसेर हेरिरहेको अर्को बाँदरले पाउने सम्भावना देखापरेको छ। 
त्यो बाँदर पनि कुनै बेला कसैको भान्छामा पसेर डाडु-पनियो चाटेको बाँदर परेछ भने उसले पनि नूनको सोझो गर्नथाल्छ, अनि नेपाल र नेपालीको हालत फेरि उस्तै।  
अर्कामाथि मात्रै दोष थुपारेर आफू पानीमाथिको ओभानो बन्न बानी परेका यस्ता नालायक राजनीतिक दलका नेताहरुबाट छुटकारा पाउनुपर्छ भन्ने बुद्धी नेपाली जनतामा कहिलेइ पलाउला?  तस्विर सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment