नेकपा-माओवादीको सातौं अधिवेशन मोहन बैद्यकै अध्यक्षतामा सर्वसम्मतीले नयाँ नेतृत्व चयन गरी आज सम्पन्न भयो। सोमबार सम्पन्न हुने कार्यक्रम रहेको सो अधिवेशन नेतृत्व चयन लगायतका विषयमा निर्णय गर्न बाँकी रहेका कारण आजसम्म लम्बिएको बताइएको छ।
अधिवेशनले यसअघि सचिवको कार्यभार सम्हाल्नुभएका सीपी गजुरेललाइ उपाध्यक्ष पदमा चुनेको छ भने रामबहादुर थापा पुनः महासचिवमा निर्बाचित हुनुभएको छ। अधिवेशनले देव गुरुङ र नेत्र विक्रम चन्दलाई सचिवमा चुनेको छ। त्यसैगरी अधिवेशनले पाँच सदसीय स्थायी कमिटी र तेह्र सदसीय पोलिटव्यूरो कमिटी बनाएको छ। पोलिटव्यूरो समितिमा हरिभक्त कडेल, पम्फा भुसाल, हितमान शाक्य, नारायण शर्मा, कुलप्रसाद केसी, ईन्द्रमोहन सिग्देल, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलालगायतका सदस्य रहनुभएको छ। पार्टी प्रवक्ताको जिम्मा पम्फा भुसाललाई नै दिइएको छ।
पार्टीको केन्द्रीय सदस्यमा एकाउन्नजना रहने व्यवस्था गरिएको छ। अधिवेशनले ४४ जनाको नाम सर्वसम्मतरुपमा चयन गरेको छ भने बाँकी सदस्य पछि थपिने भनिएको छ।
No comments:
Post a Comment