Tuesday, January 15, 2013

महान्यायाधीवक्ता मुक्ति प्रधानद्वारा नेपाल सरकारलाई जुनसुकै बेला कानुनी सल्लाह दिनुपर्ने भएकाले आफू अमेरिका नगएको स्पष्ट


महान्यायाधीवक्ता मुक्ति प्रधानले अमेरिकामा पक्राउ पर्ने डरले आफू अमेरिका नगएको समाचार सत्य नभएको कुरा स्पष्ट पार्नुभएको छ। महान्यायाधीवक्ता प्रधानले अहिले नेपालमा संवैधानिक तरलता रहेको र नेपाल सरकारलाई जुनसुकै बेला कानुनी सल्लाह दिनुपर्ने भएकाले आफू अमेरिका नगएको स्पष्ट पर्नुभयो। 
तथापि सरकारले अनुमोदनका लागि धेरै अघि राष्ट्रपतिसमक्ष पेश गरेका  सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि बाटो खुला गर्नेजस्ता कतिपय विधेयकहरु राष्ट्रपति कार्यालयमै थन्किएका कारण तीनले कानुनको रूप लिन नसकिरहेको अवस्थामा यस्तो त्रास भने कायमै रहने कुरा उहाँले बताउनुभयो। 
महान्यायाधिवक्ता प्रधानले मानव अधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले अमेरिका भ्रमण रद्द गरेको समाचार सार्वजनिक भएको सन्दर्भमा यो स्पष्टिकरण सार्बजनिक गर्नुभएको हो। 

No comments:

Post a Comment