डोटी र डडेलधुरा जिल्लाको सिमानामा पर्ने छतिवन गाविसको रुपसकाँडामा आज राति भएको बस दुर्घटनामा परी मारिनेहरुको संख्या एकतिस पुगेको छ। अछामको जैगढबाट कैलालीको टिकापुरतर्फ जाँदैगरेको ना ४ ख ३६०३ नम्बरको सो बस राति साढे दुइ बजे दुर्घटनाग्रष्त भएको थियो।
सडकमा जमेको तुसारोका कारण बस चिप्लीएर भएको भनिएको सो दुर्घटनामा परी मारिनेहरुमा तेइसजना पुरुष, सात महिला र एक बालक रहेको जानकारी प्रहरीले दिएको छ।
दुर्घटना मारिएकामध्ये नौजनाको सनाखत भएको छ भने अन्यको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
सनाखत हुनेहरुमा दैजी गाविस कञ्चनपुरकी २६ वर्षीया पशुपति ठकुल्ला, शिक्षक युनियन अछामका उपाध्यक्ष पवना शाही, कञ्चनपुर दैजी गाविस ६ की कल्पना ठकुल्ला, अछाम देविस्थान गाविस- ६ का कृष्णबहादुर खडका, धनगढी नगरपालीका वडा नं ५ का गगन थापा, अछाम सिद्धेश्वरका टंकबहादुर थापा, अछाम कालागाउँ गाविस ९ का बहादुर सोराडी, कैलाली भजनीका उजली बुढा र अछाम बरदादेवी गाविस ५ की रोशनी ठकुल्ला रहेका छन।
सो दुर्घटनामा गम्भीर घाइते भएका आठजनाको कोहलपुर मेडीकल कलेजमा र सामान्य घाइते पाँचजनाको कैलालीको अत्तरीया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरी अधिकारी नरबहादुर ऐरले दिएको कुरा एएफपीले जनाएको छ।
No comments:
Post a Comment