अष्ट्रेलियाको नर्दन क्वीन्सल्याण्डबाट पपुवा न्यूगिनीका लागि उडेको बिमानका यात्रुहरु त्यस बेला आश्चर्यमा परे, जब उनीहरुले आफूसँगै एउटा ठूलो सर्पले पनि त्यही बिमानमा यात्रा गरिरहेको थाहा पाए। धन्न त्यो सर्प बिमानभित्र मानिसहरु बस्ने ठाउँमा नभएर बिमानको पखेटामा थियो।
बिमान कम्पनी क्वानतासका अनुसार, करिब तीन मिटर लामो एकेथिस्टीन प्रजातिको त्यो सर्पले उत्तरी क्वीन्सल्याण्डबाट पपुवा न्यू गिनीको राजधानी पोर्ट मोर्सबीसम्म करीब एक घण्टा यात्रा गर्यो।
विमान कम्पनीका प्रवक्ताका अनुसार, शुरुमा एक महिला यात्रुले बिमानको पखेटामा सर्प रहेको सूचना दिएकी थिइन। त्यसपछि यात्रुहरुले सर्प हेर्न र भिडियो खिच्नथाले।
तीस हजार फिटको उचाइमा त्यो सर्प निरन्तररुपमा आफूलाई खस्नबाट जोगाउन प्रयासरत थियो। शून्यभन्दा बाह्र डिग्रीको न्यून तापक्रम र वायुको तीन सय माइल प्रतिघण्टाको बेगमा आफूलाई बचाउन त्यस सर्पले बारम्बार पखेटाभित्र लुक्ने प्रयास गरिरहेको देखिन्थ्यो।
सो बिमानले पपुवा न्यूगिनी बिमास्थलमा अवतरण गरेपछि त्यति बेलासम्म जिवितै रहेको त्यस सर्पलाई नियन्त्रणमा लिइएको कुरा अष्ट्रेलियाली संचारमाध्यमहरुले जनाएका छन।
बिमान कम्पनीसङ्ग सम्बद्ध एकजना इन्जिनियरले बिमान ह्यांकरमा रहेको बेला त्यो सर्प तातो खोज्दै बिमानको पखेटाभित्र पसेको हुनसक्ने अनुमान गरिएको बताएका छन। साभार: अनलाइन खबर
No comments:
Post a Comment