Saturday, January 5, 2013

तटस्थ सरकारको कुरा अरूलाई अल्मल्याउने र सत्ता लम्ब्याउने एमाओवादीको खेल: ओली


नेकपा एमालेका नेता खड्गप्रसाद शर्मा ओलीले शीतल निवासमा शुक्रबार राष्ट्रपतिसङ्ग छलफल गरेपछि संचारकर्मीहरुसङ्ग कुरा गर्दै  'तटस्थ सरकारको कुरा गरेर एमाओवादीले अरूलाई अल्मल्याउने र सत्ता लम्ब्याउने खेल खेलिरहेको छ,यसमा हामी अल्मलिनु हुन्न' भन्नुभयो। माओवादीका कट्टर विरोधी मानिने ओलीमा चुनाबमा आफूलाई नेपाली मतदाताले हराएकोमा लघुताभाष छ र सत्तामा बसेर हालीमुहाली गर्न नपाएकोमा दुख पनि। त्यसैले उहाँ हरेक भाषणमा, कुराकानीमा माओवादीको खेदो खन्नुहुन्छ। उहाँको कुरा सुन्दा यस्तो लाग्छ, यो देशको समस्त समस्याको जड माओवादी नै हो। 
ठीक छ, माओवाद विरोधी ओलीका सबै कुरालाई स्वीकार गरौँ, र कांग्रेसप्रतिको समर्थनका कुरा पनि। तर तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकारको पनि विरोध के क लागि? 
माओवादी नेतृत्वको सरकार हुँदैहुँदैन, तटस्थ व्यक्तिको नेतृत्वमा चुनाबी सरकार बन्नै सक्दैन। अब कसको नेतृत्वमा सरकार गठन गर्ने त? कांग्रेस वा एमालेको? 
कांग्रेस र एमालेद्वारा अछुतको व्यवहार गरिदैआएको माओवादीले, कथम्कदाचित कांग्रेस-एमाले गठबन्धनको सरकार बनिहाल्यो भने पनि, भोलि त्यस्तो व्यवहार गर्ला कि नगर्ला? जे भए पनि राष्ट्रपति हाम्रो पक्षको छ, पेलेर लैजाउला भन्ने सोचाई हो कि? 
आँखिर स्थिति यस्तै रहने हो भने यो अथवा त्योमा के भिन्नता भयो र? नेपाल र नेपालीका समस्या त जहाँकातहीं रहने नै भए। यस्तो स्थितिमा त तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन भएमा चारतिर फर्केका नेपाली राजनीतिक दलहरुलाई बरु त्यसैले न्यूनतम दूरीसम्म ल्याइदिनसक्छ। त्यसो भएमा चुनाब सम्भव हुन्छ, देशले निकास पाउँछ। कसो? या त तटस्थ व्यक्तिको नेतृत्वमा सरकार बनेको खण्डमा धाँधली गर्न पाइन्न भन्ने चिन्ता छ? 

No comments:

Post a Comment