Saturday, January 5, 2013

नेपाल सरकारलाई जानकारी नै नदिई नेपाली सेनाका बहालवाला कर्णेललाई गिरफ्तार गर्नु नेपालको स्वाधिनतामाथि ठाडो हस्तक्षेप: एकीकृत नेकपा माओवादी


एकीकृत नेकपा माओवादीले नेपाल सरकारलाई जानकारी नै नदिई नेपाली सेनाका बहालवाला कर्णेललाई गिरफ्तार गर्नु नेपालको स्वाधिनतामाथि ठाडो हस्तक्षेप भएको भन्दै विरोध जनाएको छ । पार्टी प्रवक्ता अग्नी सापकोटाले सञ्चारकर्मीहरुसङ्गको नियमित भेटघाट कार्यक्रममा आज बोल्दै नेपालको शान्ति प्रक्रियालाई बिथोल्ने योजनाअन्तर्गत नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतले पक्राउ गरेको आरोप लगाउनुभयो 
एउटा स्वतन्त्र सार्बभौमसत्ता सम्पन्न देशलाई जानकारी नै नदिई त्यस देशको सेनाका कर्णेललाई गिरफ्तार गर्नु राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप हो, एकीकृत नेकपा माओवादी यसको विरोध गर्दछ, पार्टी प्रवक्ता सापकोटाले भन्नुभयो। 
युद्धबन्दीलाई यातना दिएको आरोप लागेका नेपाली सेनाका बहालवाला कर्नेल कुमार लामालाई बेलायतको प्रहरीले पक्राउ गरेकोमा नेपाल सरकारले आपत्ति जनाइसकेको छ। बेलायती राजदूत जोन टक्नटलाई हिजो शुक्रबार परराष्ट्र मन्त्रालयमा बोलाएर उप-प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारकातर्फबाट बुझाउनुभएको विरोध पत्रमा नेपाल सरकारले लामालाई रिहा गरी सुडान मिसनमा पठाउन बेलायत सरकार समक्ष माग गरेको छ ।
तर बेलायत सरकारले भने नेपालको गृह-युद्धका क्रममा दुईजना मानिसलाई जानीजानी कठोर  यातना दिएको अभियोगमा मुद्दा चलाउने तयारी गरेको बिबिसीले जनाएको छ। 

यसैबीच, प्रवक्ता सापकोटाले यसै महिनाको पच्चीस गतेभित्र राजनीतिक दलहरुबीच राष्ट्रिय सरकारबारे सहमति हुननसके संविधानसभाको  पुन:स्थापनाको कुरा उठ्नसक्ने कुरा बताउनुभयो । 
कांग्रेस र एमालेले प्राविधिक कुरामा अल्झिएर देशलाई दुर्घटनातर्फ लैजानखोजेको आरोप पनि प्रवक्ता सापकोटाले लगाउनुभयो। तस्विर सौजन्य: इकान्तिपुर 


No comments:

Post a Comment