
यस सन्दर्भमा बोल्दै उप-राष्ट्रपति निकोलस मदुरोले ह्युगो चाभेसलाई सर्वोच्च अदालतले पछि पनि शपथ ग्रहण गराउनसक्ने कुरा बताउनुभयो।
ह्युगो चाभेस शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने भए त्यस्तो अवस्थामा नयाँ निर्वाचन गराउनुपर्ने भन्ने प्रतिपक्षीको आह्वानलाई मदुरोले अनाबश्यक माग भन्दै अस्वीकार गर्नुभयो।
राष्ट्रपति ह्युगो चाभेस क्यान्सरको पछिल्लो चरणको शल्यक्रियापछि क्युबामा स्वास्थ्य लाभ गर्दैहुनुहुन्छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment