Saturday, November 6, 2021

आज तिहारको अन्तिम दिन भाइटीका: दिदी–बहिनीहरूद्वारा दाजु–भाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै

तिहारको अन्तिम दिन आज अधिराज्यभरि परम्पराअनुसार दिदीबहिनीहरूद्वारा  दाजुभाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै छ। यसपालि भाइटीकाको उत्तम साइत विहान ११ बजेर २ मिनेटजाँदा जुरेको कुरा नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ। तिहारको अन्तिम दिन आज दिदीबिहनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार मण्डप बनाएर अष्टचिरञ्जीवीकासाथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर नओइलाउने मखमली, सयपत्री र दूबाको माला लगाइदिएर चिरायुको कामना गर्नेगर्दछन। 

पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजाका साथै टीका लगाई दिर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबिहनीले भाइटीका लगाउने परम्परा चल्दैआएको हो। 

टीकामा साइतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाइलाई 'गुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलरोटी दिने चलन छ। दिदीबहिनीहरूले टीका लगाइदिएपछि दाजुभाइहरूले पनि आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनिहरूको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको काना गर्दछन। 

दिदीबहिनी नहुने दाजुभाइहरूले आज काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेवको मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। प्रत्येक वर्ष उक्त मन्दिर आज भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। आज टीका लगाएर खानपान गरिसकेपछि घरघरमा गई श्रीसम्पत्तिको कामना गर्दै देउसी खेल्ने चलन छ। 

यमलेश्वर मन्दिर रानीपोखरी

वर्षमा एक पटक भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडाैंरानी पोखरीस्थित यमलेश्वर, बालगोपाल महादेव मन्दिरमा आज विहानैदेखि दिदीबहिनी नहुने दाजुभाइहरूको भीड लागेको छ।
दिदी
बहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिरमा स्थापित महादेवको मूर्तिबाट टीका लगाउने वा मन्दिर वरपर बसेका दिदीबहिनीका हातबाट टीका ग्गारहण गर्ने गदर्छन। दिदीबहिनी नहुने कतिपय दाजुभाइले तुलसीको डाँठले आफै टीका लगाउने पनि गर्छन। 

मन्दिर परिसरमा सप्तरंगी टिका र रातो अक्षता लिएर बसेका दिदीबहिनीहरूको हातबाट अहिले थुप्रै सर्वसाधारणले टीका थापिरहेका छन। 

वर्षमा एक पटक मात्र खुल्ने भएकाले यस मन्दिरमा टीका लगाउका लागि मात्र नभई घुमफिरका लागि पनि मानिसहरू आउनेगर्दछन। तस्विर सौजन्य: गुगल 

 

Wednesday, October 20, 2021

कोजाग्रत पूर्णिमाका अवसरमा आज अधिराज्यभरि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिंदै

आज आश्विन शुक्ल पूर्णिमाकोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाका अवसरमा आज अधिराज्यभरि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिंदै छ।

पैराणिक मान्यताअनुसारआजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ, अर्थात ब्यूँझिइरहेको छ भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्त कतै पनि उज्यालो नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र तिनीहरूबाट प्रसन्न भएर उनिहरूलाई धनधान्यले पूर्ण पारिदिएको विश्वास मानी आज महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने चलन छ।

 

विजया दशमीका दिनदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा आजकै दिन पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिवत रूपमा राखिएको जमरा, कलशलगायत पूजाका अन्य सम्पूर्ण अवशेषको विसर्जन आजै गरिन्छ।

 

कोजाग्रत पूर्णिमालाई नेपालीहरूको अर्को महान चाड तिहारको आगमन हुनलागेको संकेतका रूपमा पनि मनाइन्छ।


भोलिदेखि एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा कार्तिकस्नान तथा तुलसीपूजा प्रारम्भ हुन्छ। 

 

यसै पूर्णिमादेखि स्वच्छ र खुला आकाश तथा ग्रहनक्षत्रहरूको सम्मानसूचक आकाशदीप बाल्ने परम्परा पनि छ। आफ्नो घरका धुरी वा काैशीमा आकाशदीप बालेर धनकी अधिष्ठात्रि देवी महालक्ष्मीलाई आफ्ना घरमा बास गर्न आह्वान गरेको वा निम्ता दिएको पनि मानिन्छ।

 

अब अागामी तिहारकाे शुभकामना सबैलार्इ।

  

 

Tuesday, October 19, 2021

दशैंको टीकाको पाचाैं दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी

 आज आश्विन शुक्ल चतुर्दशी तिथि।

विजया दशमीकाे शुभसाइतमा विजयाेत्सवसहितकाे टीका लगाउने कार्य दशमीका दिन घरघरमा सम्पन्न भइसके तापनि मूल घरदेखि टाढा टाढा रहेका सबै फन्तहरूबाट टिका र शिर्वाद ग्रहण गर्न भ्याइनसकेका मानिसहरूकाे दशैंको टीकाको पाचाै दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ। 

नेपालका कतिपय स्थानमा दशैंकाे टीका मूल दिनअर्थात विजया दशमीकाे दिन मात्र लगाउने चलन छ तापनि नेपालकै अधिकांश स्थानहरूमा कोजाग्रत पूर्णिमासम्म नै दशैंकाे टीका लगाउने चलन छ। त्यसैले भनिएकाे हाेदशैंकाे टीका दश दिनतिहारकाे एक दिन भनेर। आजका दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीकाजमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने विजया दशमी विश्वभरिका हिन्दु धर्मावलम्वीहरुको मुख्य पर्व हो।  तस्विर साैजन्यः गुगल

Monday, October 18, 2021

दशैंको टीकाको चाैथाे दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी

आज आश्विन शुक्ल त्रयाेदशी तिथि।

विजया दशमीकाे शुभसाइतमा विजयाेत्सवसहितकाे टीका लगाउने कार्य अस्ति दशमीका दिन घरघरमा सम्पन्न भइसके तापनि मूल घरदेखि टाढा टाढा रहेका सबै फन्तहरूबाट टिका र शिर्वाद ग्रहण गर्न भ्याइनसकेका मानिसहरूकाे दशैंको टीकाको चाैथाे दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ। 

नेपालका कतिपय स्थानमा दशैंकाे टीका मूल दिनअर्थात विजया दशमीकाे दिन मात्र लगाउने चलन छ तापनि नेपालकै अधिकांश स्थानहरूमा कोजाग्रत पूर्णिमासम्म नै दशैंकाे टीका लगाउने चलन छ। त्यसैले भनिएकाे हाेदशैंकाे टीका दश दिनतिहारकाे एक दिन भनेर। आजका दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीकाजमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने विजया दशमी विश्वभरिका हिन्दु धर्मावलम्वीहरुको मुख्य पर्व हो।  तस्विर साैजन्यः गुगल

 

Sunday, October 17, 2021

विजया दशमीकाे तेश्राे दिन अाज पनि टीका लगाउने क्रम जारी


विजया दशमीकाे शुभसाइतमा विजयाेत्सवसहितकाे टीका लगाउने कार्य अस्ति दशमीका दिन घरघरमा सम्पन्न भइसके तापनि मूल घरदेखि टाढा टाढा रहेका सबै अाफन्तहरूबाट टिका र अाशिर्वाद ग्रहण गर्न भ्याइनसकेका मानिसहरूकाे दशैंको टीकाको तेश्राे दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ्। 

नेपालका कतिपय स्थानमा दशैंकाे टीका मूल दिनअर्थात विजया दशमीकाे दिन मात्र लगाउने चलन छ तापनि नेपालकै कतिपय अन्य स्थानहरूमा कोजाग्रत पूर्णिमासम्म नै दशैंकाे टीका लगाउने चलन छ। त्यसैले भनिएकाे हाेदशैंकाे टीका दश दिनतिहारकाे एक दिन भनेर। आजका दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीकाजमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने विजया दशमी विश्वभरिका हिन्दु धर्मावलम्वीहरुको मुख्य पर्व हो।  तस्विर साैजन्यः गुगल

Saturday, October 16, 2021

विजया दशमीकाे दाेश्राे दिन, अाज पनि टीका लगाउने क्रम जारी

 विजया दशमीकाे शुभसाइतमा विजयाेत्सवसहितकाे टीका लगाउने कार्य हिजाे दशमीका दिन घरघरमा सम्पन्न भएकाे छ। तथापि मूल घरदेखि टाढा टाढा रहेका, हिजै टिका थाप्न नसक्ने मानिसहरूले दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ। 

नेपालका कतिपय स्थानमा दशैंकाे टीका मूल दिन, अर्थात विजया दशमीकाे दिन मात्र लगाउने चलन छ। तथापि नेपालकै कतिपय अन्य स्थानहरूमा कोजाग्रत पूर्णिमासम्म नै दशैंकाे टीका लगाउने चलन छ। त्यसैले भनिएकाे हाे, दशैंकाे टीका दश दिन, तिहारकाे एक दिन भनेर। आजका दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने विजया दशमी विश्वभरिका हिन्दुधर्मावलम्वीहरुको मुख्य पर्व हो।

दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशी पाप गर्नेकाे विनाश गर्ने एकादशी पापाङ्कुश एकादशीका रुपमा पनि प्रख्यात छ। तस्विर साैजन्यः गुगल

Friday, October 15, 2021

दशैं पर्वमा धार्मिक-सांस्कृतिक महत्वका साथसाथै उच्च नैतिक मूल्य-मान्यता पनि समाहित

विजया दशमीअर्थात् दशैं नेपाललगायत भारत र बंगलादेशमा समेत विभिन्न रूपमा मनाइने सबैभन्दा महत्वपूर्ण हिन्दु चाड हो। भगवान विष्णुका सातौं अवतार भगवान रामद्वारा त्रेता युगमा दसवटा टाउका भएको दैत्य-राज रावणको बध गरेकोअर्थात् असत्यमाथि सत्यको विजय भएको खुशियाली/स्मरणमा यो पर्व मनाइन्छ। यसै दिन ब्रह्माविष्णु र शिवको संयुक्त शक्तिबाट उत्पत्ति भएकी देवी दुर्गाले भैसीको रूपमा रहेको अति नै शक्तिशाली दानव महिषासुरजसको नेतृत्वमा राक्षसहरुले धर्तीमा आतंक मच्चाउनुका साथै स्वर्गमाथी कब्जा गर्ने अभियान चलाइरहेका थिएमाथि विजय हासिल गरी त्यसको बध गरिएको घटनाको पनि स्मरण गरिन्छ। 

चंद्र/सौर्य-मासमा आधारित हिन्दु पात्रोअनुसार आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वलेयसरीधार्मिक-सांस्कृतिक महत्वका साथसाथै उच्च नैतिक मूल्य-मान्यता पनि बोकेको छ। 

देवनागरी लिपिमा लिपिबद्ध गरिएको हिन्दु धार्मिक महाकाव्य रामायणमा रामले कसरी वनबासका लागि दरबारबाट निस्कनुपर्‍याेकसरी रावणले भगवान रामकी अर्धांगिनी सीताको अपहरण गर्‍याेअपहरित सीताको मुक्तिका लागि रामले के कस्तो दुःख र सास्ती व्यहोर्नुपर्‍याेक-कससङ्ग सम्झौता गर्नुपर्‍याे आदि सम्पूर्ण कुरा उल्लेख गरिएको छ।

दसवटा टाउका कुनै पनि हालतमा काट्न नसकिनेएउटा टाउको काटेपछि त्यसअघि काटेको अर्को टाउकोमा प्राण आइहाल्नेत्यस्तो अद्भुत शक्ति भएको रावणलाई मारेर सीतालाई अपहरण-मुक्त पार्नु रामका लागि असम्भव कार्यजस्तै भएको अवस्थामा उहाँले चण्डी-होम गरी माता दुर्गाको आशिर्वादका लागि प्रार्थना गर्नुभयोजसबाट प्रसन्न हुनुभएकी देवी दुर्गाले रावणको बध गर्ने गोप्य तरिका सिकाउनु भयो। देवी दुर्गाको बरदानको प्रतिफलस्वरूप रामले आश्विन शुक्ल दशमीका दिन सीतालाई भेट्नुभयो र रावणलाई पराजित गर्दै सीतालाई मुक्त गर्नुभयो।

त्यसको  राम सीता र लक्ष्मणसहित अयोध्या फर्कनुभयोजसको खुशियालीमा त्यहाँ लाखौं द्वीप प्रज्वलित गरिएजस दिनलाई हामी दिपावली अर्थात् लक्ष्मी पूजाका रूपमा मनाउछौ।  

यति बेला कतिपय मानिसहरु शान्ति यज्ञका रूपमा आदित्य होम गर्नेगर्दछनजसको परिणामस्वरूप घरको वरिपरिको वातावरण सफा र स्वस्थ रहन्छ भन्ने मान्यता रहिआएको छ। यस प्रकारका धार्मिक संस्कारहरुको आयोजना गर्नाको मुख्य उद्देश्य रावणका १०वटा टाउकाद्वारा प्रतिनिधित्व गरिने १० वटा खराब गुण (काम वासनाक्रोधलोभमोहमद (घमण्ड)मत्सरा अर्थात डाढस्वार्थअन्यायअमानवियता र अहंकार)  बाट घर-परिवारलाई मुक्त राख्नु हो। विजया दशमीकाे सबैसबैमा हार्दिक शुभकामना!  

नेपालीहरुको महान चाड विजया दशमी आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइंदै

 जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । 

दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

(हे देवी! तपाई जो मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधाका नामबाट परिचित हुनुहुन्छ, म तपाईहरुको प्रार्थना गर्दछु।)  

नेपाली र विश्वभरि छरिएर रहेका सबै हिन्दुहरूको महान चाड विजया दशमी आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइंदै छ। 

 दशैं-घरमा प्रतिपदाका दिनदेखि गरिएको पूजा आराधना आज विधिपूर्वक विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक— पूर्ण घडाको जलबाट अभिषेक गरी घर-घरमा ठूलावडा एवम मान्यजनका हातबाट टीका र जमरा लगाइदै छ। आज विजया दशमीको टीकाको उत्तम साइत १० बजेर ०२ मिनेटमा जुरेको कुरा बताइएको छ। 

मीठो खाने, राम्रो लाउने तथा पारीवारिक भेटघाट गरिने र स्नेह एवम सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा दस दिनसम्म मनाइने यो बडा दशैं पर्वलाई धार्मिक मात्र नभएर सामाजिक-साँस्कृतिक पर्वका रूपमा समेत महत्वपूर्ण मानिन्छ। 

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्री रामले आसुरी शक्तिको प्रतीक मानिएको रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको मिठो स्मरणमा मनाउने गरिन्छ। 

राम्रा-राम्रा पोशाकमा सजिएका, दही र रातो रंगमा मुछिएका अक्षताका राता टीका निधारभरि लगाएर शिरमा जमरा सिउरेका, मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ। स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजका दिन एकत्रित भै सपरिवार विजया दशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। हार्दिक शुभकामना सबैसबैमा ! 


Thursday, October 14, 2021

माता सिद्धिदात्रिको पूजा–आराधना गरी महानवमी पर्व आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदै

 सिद्ध गन्धर्व यज्ञद्यैर सुरैर मरैरपि |

सेव्यमाना सदा भूयात्‌ सिद्धिदा सिद्धि दायिनी || 

 आज नवरात्रिको नवौं दिनअर्थात  महानवमी। वडा दशैंको नवौं दिने पर्व आज देवी सिद्धिदात्रिको पूजा–आराधना गरी अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदैछ।  

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाआज गरिन्छ।   

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा तथा सप्तासती पाठ गरी विजया दशमीका दिन विसर्जन गर्ने चलन छर सो कलशको जलले अभिषेक गरी टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ।

आज विहान सबेरैदेखि अधिराज्यभरिका देवी भगवतीका मन्दिर एवम् शक्ति पीठहरुमा असंख्य श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। अहिले काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरु पूजा–आराधना गरिरहेका छन। तलेजु मन्दिर वर्षमा एक पटक आजकै दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। 

आज विहानदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि चढाउनुका साथै जंगी निसानको पूजा तथा कोत–पूजा गर्ने काम भैरहेको छ। अजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ।     

 


 

Wednesday, October 13, 2021

महाष्टमीका दिन आज शक्तिस्वरुपा दुर्गाको आठौं रूप महागौरीको पूजा-आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदै

नेपालीहरुको महान चाड वडा दशैंअन्तर्गत नवरात्रिको आज आठौं दिन, अर्थात् अष्टमी तिथि। महाष्टमीका रूपमा परिचित यस चाडका दिन आज शक्तिस्वरुपा दुर्गाको आठौं रूप महागौरीको पूजा-आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदैछ।

अाजकाे यस पूजामा उपयोगी खाद्य सामग्री: अष्टमी तिथिका दिन भगवतीलार्इ नरिवलकाे भोग लगाउनु पर्छ। अनि नैवेद्यका रूपमा त्याे नरिवल ब्राह्मणलार्इ दिनुपर्छ। यसकाे परिणामस्वरूप त्यस व्यक्तिका निकट कुनै पनि प्रकारकाे संताप आउन सक्दैन भन्ने मान्यता रहिअाएकाे छ।
आश्विन शुक्ल प्रतिपदाका दिन पूजा-कोठा, दशैँ-घर अथवा मण्डपमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजाआजा गरिन्छ। आज घर-घरमा राखिएको ज्यावल, कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेवी दुर्गाको हतियारका रूपमा स्थापना गरी पूजा गर्नेगरिन्छ।

आज मध्येरातमा बलिसहित कालरात्रिको पूजा गर्ने चलन छ। मध्यरातको यस पूजाबाट प्रसन्न भएर देवीले शुभ फल दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ।

महागौरीकाे उपासना गर्ने मंत्र यस प्रकार छ-
श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दघान्महादेवप्रमोददा॥

महाअष्टमीका उपलक्ष्यमा आज विहानैदेखि अधिराज्यभरिका शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड लागेको छ।

धार्मिक ग्रन्थअनुसार भगवान शिवलार्इ पाउनका लागि गरिएके कठोर तपस्याका कारण माता पार्वतीको रंग कालो र शरीर क्षीण हुनपुगेको थियो । तपस्याबाट प्रसन्न भएर जब भगवान शिवले माता पार्वतीको शरीर गंगाजलले धुनु भयो तब उहाँको शरीर विद्युत प्रभा समान गौर अर्थात सेताे भयो। यसै कारण मातालार्इ "महागौरी" का नामबाट पूजिन्छ। महागौरीका चार भुजा अर्थात हातहरू छन जसमध्ये दुइवटा अभय मुद्रा र वर मुद्रामा छन अनि अरू दुइवटाले त्रिशूल र डमरू धारण गरेका छन। नव दुर्गाका सबै रूपहरूमध्ये महागौरी दुर्गा माताका सबैभन्दा शान्त रूप हो। अष्टमीका दिन कन्या पूजनको चलन पनि छ।

तस्विर सौजन्य: गुगल

Tuesday, October 12, 2021

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदैछ।

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदैछ। 

उखुको बोटकेराको बोटबेलपत्रदारिम, जयन्तीधानका बालाअशोकका पातअदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।

परम्परानुसारगोरखा दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ।  सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित ६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर ल्याउने चलन छ।  

हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो  फूलपाती हनुमानढोकास्थित दशैं-घरमा ल्याउँछ। फूलपाती लिन ब्याण्ड-बाजागुरुज्यूको पल्टनपन्चैबाजासिंगारिएका कल्स्यौलीआशागुर्जाटोलीसांस्कृतिक नाच-गान टोलीनिजामती कर्मचारीसैनिक र प्रहरीहरु सम्मिलित हुन्छन। 

नेपाली सेनाद्वारा टुंडिखेलमा आयोजित बढाइँ  समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपातीलाई हनुमानढोकामा भित्र्याइञ्छ।   तस्विर सौजन्य: गुगल 

 

अाज नवरात्रकाे छैटाैं दिन (तिथिअनुसार छैटाैं र साताैं दिन) देवी कात्यायनी र कालरात्रिकाे पूजा अाराधना गरी मनाइँदै

 चंद्र हासोज्ज वलकरा शार्दू लवर वाहना।

कात्यायनी शुभं दद्या देवी दानव घातिनि।।


नवरात्रिको छैटौं दिन आज 
शक्ति-स्वरूपा कात्यायनी
  देवीको पूजा-आराधना गरिदै छ। मानव जीवनमा शक्ति-स्वरूपा देवी कात्यायनीको उपस्थिति निम्न बरदानका लागि भएको विश्वास गरिन्छ: 

 

-महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान  
-नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान-सुखको बरदान  
-कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्याख्यान 
-बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
-महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप 
-स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान 

सिद्ध महर्षि कात्यानले कठोर तपस्या गरेर माताबाट अफ्नी पुत्रीका रूपमा जन्म लिने वरदान माग्नुभयो। ऋषिको तपस्याबाट प्रसन्न भएकी माता पराम्बाले ऋषिको यो इच्छा पूरा गरिदिनुभयो र ऋषि कात्यानकी पुत्रीका रूपमा जन्म लिनुभयो । यसरी यी देबीको नाम "देवी कात्यायनी" रहनगयो। चार भुजाधारी माता कात्यायनी सिंहमा सवार हुनुहुन्छ। अफ्नो एउता हातमा तरवार र अर्को हातमा अफ्ना प्रिय पुष्प कमल लिनुभएको छ। अन्य दुइवटा हात वरमुद्रा र अभयमुद्रामा छन।


अाजै सप्तमी तिथि पनि परेकाले माता कालरात्रिकाे पूजाअाराधना पनि गरिंदै छ।


चारवटा हात भएकी देवी कालरात्री गधामा विराजमान हुनुहुन्छ। उहाँका दाहिने हात अभय र बरदा मुद्रामा छन् भेन देब्रे हातमा खुँडा र फलामको अंकुशे छ। कालरात्रि देवी पार्वतीको सबैभन्दा भयानक रूप भए पनि उहाँ आफ्ना भक्तजनहरुलाई अभय र बरदा मुद्रा प्रदान गर्नुहुन्छ। उहाँको भयानक स्वरूपमा  निहित शुभ र पवित्र मंगलकारी शक्तिका कारण कालरात्रि देवीलाई शुभंकारी देविका रूपमा पनि चिनिन्छ।     

 

माता कालरात्रिको वर्ण रात्रिसमान कालाे छ, तर त्यस्ताे वर्ण भएकी माता कालरात्रि अन्धकारलार्इ नाश गर्नुहुन्छ। दुष्टहरू अथवा राक्षसहरूकाे अन्त गर्ने माता दुर्गाको यो रूप देख्नमा अत्यन्त भयङ्कर भए पनि उहाँले फल भने शुभ दिनुहुन्छ। यसैले उहाँलार्इ माता "शुभंकरी" पनि भनिन्छ। माता कालरात्रिका अाँखा ब्रह्माण्डजस्ता गोलागाेला छन। हरेक श्वासका साथ माताकाे नासिकाबाट अग्निका ज्वालाहरू निस्किरहन्छन। अाफ्ना चारमध्ये एक हातमा खुँडा, अर्काेमा लाैह अस्त्रअंकुशे लिएकी, अनि अन्य दुइ हातमध्ये एक अभय मुद्रा अनि अर्काे वर मुद्रामा व्यस्त रहने माता कालरात्रि अाफ्नाे वाहन गर्दभ अर्थात गदामा सवार हुनुहुन्छ।

 

नवरात्रिकाे साताैं दिन माता कालरात्रिकाे उपासना तलकाे मन्त्रका साथ गरिन्छ-

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

 

माता कालरात्रिकाे पूजाका लागि उपयोगी खाद्य साम्रग्री: सप्तमी तिथिकाे दिन भगवतीकाे पूजामा गुँड़को नैवेद्य अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ। यसाे गर्नाले पुरुष शोकमुक्त हुनसक्दछ भन्ने मान्यता रहिअाएकाे छ।


माता कालरात्रिकाे पूजा गर्नाले मनुष्यले समस्त सिद्धि प्राप्त गर्नसक्छ भन्ने मान्यता विशेषतः रहिअाएकाे छ। माता कालरात्रि पराशक्तिहरूकाे साधना गर्ने मानिसहरूबीच निकै प्रशिद्ध हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। छाेटकरीमा भन्नुपर्दा, माता कालरात्रिकाे भक्तिकाे परिणामस्वरूप दुष्टहरूकाे नाश हुन्छ र ग्रहसम्बन्धी बाधाहरू टर्छन भन्ने मान्यता रहिअाएकाे छ। 

या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।