Thursday, November 22, 2012

चीनद्वारा विदेशी लगानी प्रक्रियामा सरलता


चीन सरकारले अरु बढी विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयासस्वरुप प्रत्यक्ष विदेशी लगानीका प्रक्रियाहरुलाई सरलीकृत गर्ने घोषणा गरेको छ।

याँ सरलीकृत प्रक्रियाअनुसार, लगानीकर्ताहरुले अब विदेशी मुद्रामा खाता खोल्नुपर्दा अनुमति लिइरहनु पर्ने छैन। त्यसैगरी, विदेशी मुद्रामा गरिएको आम्दानीलाई फेरि लगानी गर्नुपर्दा पनि सम्बन्धित निकायबाट अनुमति लिइरहनु पर्ने छैन। 

चीनको आर्थिक वृद्धि दर यस वर्षको तेश्रो त्रि-मासिकसम्म विगत तीन वर्षको तुलनामा न्यून देखिएको अवस्थामा चिन सरकारले आर्थिक वृद्धिको नयाँ लहरलाई प्रोत्साहित गर्ने प्रयास स्वरूप विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ। चीनले यस हप्ताको शुरुमा सार्बजनिक गरेको आर्थिक प्रगति प्रतिवेदनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा 0.24 प्रतिसतले वृद्धि दर न्यून रहेको देखाएको छ। 

चीनको सरकारी समाचार संस्था- सिन्ह्वाले दिएको जानकारीअनुसार, विदेशी लगानीसम्बन्धी नयाँ नियम आगामी डिसेम्बर 17 तारिखदेखि लागू हुनेछ। 

No comments:

Post a Comment