Thursday, November 22, 2012

काँही नभाको जात्रा हाँडिगाउँमा

'प्रधानमन्त्री बाबुरामले आज राजिनामा दिने हल्ला चलिराछ त, के हो ? त्यसपछिको प्रधानमन्त्री को ?', 
'प्रधानमन्त्रीको राजिनामा को निकट संभावना.....', 'प्रधानमन्त्रीको राजीनामाको बिषयमा रामेश्वर सापकोटसंग वाजी राखियो हारिन्छ कि जितिन्छ प्रधानमन्त्रीको हातमा छ।' यी र यस्ता थुप्रै मनगढ़ंत बिचारहरु सार्बजनिक भएका छन। कसै कसैले त आफूले थापेको बाजी जित्नका लागि प्रधानमन्त्रीले राजीनामा दिनुभएको भए राम्रो हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभएको छ। 

काँही नभाको जात्रा हाँडिगाउँमा, जनतालाई सही सूचना दिने जिम्मेवारी बोकेका पत्रकार बन्धुहरुले पहिलो बन्ने हतारमा गलत सूचना प्रवाहित गर्ने प्रयास गर्नुहुदैन। त्यसबाहेक, कामचलाउ प्रधानमन्त्रीले पनि राजीनामा दिन्छन र भन्या? कामचलाउ त कामचलाउ हो- अर्को वैधानिक सरकार बनेर कार्यभार नसम्हालुन्जेलका लागि मात्र। कामचलाउको अर्थ त यही हो। राष्ट्रपति महोदयले पनि तपाई कामचलाउ हुनुभयो भनेर पत्र थामउनुभएकै हो।

अर्को पक्ष, अर्थात् प्रतिपक्षले नयाँ प्रधानमन्त्रीको नाम राष्ट्रपतिकहाँ सिफारिस गरेर राष्ट्रपतिबाट शपथग्रहण गराइसकेपछि कामचलाउ स्वतः बाहिरिन्छ। अर्को सरकार बन्नुभन्दा अघिनै कुर्ची छोडिदिएमा सत्ता रिक्तताको स्थिति आउँदैन र भन्या?!

बाबुराम भट्टराई कामचलाउ प्रधानमन्त्री भएको सात महिनासम्म कामचलाउको राजिनामा मागेर समय बिताउने राजनीतिक दलहरु, र पत्रकार बन्धुहरुले पनि, कुरै नबुझेको त अवश्य नै हैन होला। बुझ पचाएको मात्र जस्तो लाग्छ।    

No comments:

Post a Comment