गाजामा शासन चलाइरहेको हमास आन्दोलन र इजरेलबीच युद्ध बिराम भएको छ। त्यसै त गुलेलिले चरा मार्न मात्र सक्षम हमासलाई सात दिनसम्म इजरेली रकेट र बमले गोदेर थन्तिलो पारिसकेको अवस्थामा युद्ध बिरामले पार्ने असर भनेको निहत्था र निर्दोष प्यालेस्टिनी जनताको ज्यू-ज्यान र धन-सम्पत्तिको रक्षा हुनु र रातको निन्द्रा र दिनको शान्ति भङ्ग नहुनु हो। यस अर्थमा युद्ध बिरामको स्वागत गर्नै पर्छ। साधुबाद छ, अरब लिग र अमेरिकाको प्रयासलाई।
हाल लागू भैसकेको यस युद्ध बिरामका शर्तअनुसार, सबै प्रकारको सत्रुता र लक्षित हत्याको अन्त्य गर्न इजरेल सहमत भएको छ, भने हमासले इजरेल विरुद्ध उसको सीमा क्षेत्रमा आक्रमण गर्नेछैन। गत हप्ता शुरु भएको हिंसाको आगोमा जलेर चार-पांचजना इज्रेलिलागायत कम्तिमा एक सय सन्ताउन्नजना प्यालेस्टिनी मारिएपछि भएको यस युद्ध बिरामले हतियार बेचेर पैसा कमाउने र आफ्ना प्रतिद्वन्दीको विनाश गर्ने कसै-कसैको इछ्यामा भने कुठाराघात भएको हुनसक्छ।
युद्ध बिरामको अन्तिम घडी- राति बाह्र बजेसम्म दुवै पक्षबाट आक्रमण भैरहे तापनि त्यसपछि भने युद्ध बिराम भंग गर्ने काम कुनै पनि पक्षबाट नभएको बिबिसीले जनाएको छ।
Good news! Now Palestine people once again will have chance to enjoy life.
ReplyDelete