प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपतिको कदमप्रति नरम भएकोमा सशंकित र चिन्तित देखिनुहुन्छ। सहमतिको सरकारका लागि दलहरुलाई सात दिनको म्याद दिने राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष मन्त्रिपरिषदको बैठकले स्पष्टतया निकालिसकेको र संविधानको धारा किटान गरी प्रधामन्त्री भट्टराईले राष्ट्रपतिलाई उहाँको कदमबाट संविधानको उल्लङ्घन भएको जनाउनुका साथै संविधानको परिधिभित्र रहेर मात्र कदम चाल्न राष्ट्रपतिलाई आग्रह गरिसकेको अवस्थामा पार्टी अध्यक्ष दाहालले आफू अझै स्पष्ट नभएको जस्तो व्यवहार गरिदिंदा प्रधानमन्त्री र पार्टीको धारणा फरक-फरक आउनसक्ने सम्भावना देखिएको अवस्थामा प्रधानमन्त्री भट्टराईले आज मंगलबार विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ ।
दाहाल निवास लाजिम्पाटमा करिव एक घण्टा भएको भेट-वार्तामा प्रधानमन्त्रीले राष्ट्रपतिको कदमका विषयमा पार्टी धारणा एउटै आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।
नेकपा माओबादी पार्टी पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरे पनि अध्यक्ष दाहालले भने नरम नीति अपनाइरहेको अवस्थादेखि सशंकित प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको कदमबारे धारणा स्पष्ट पारिदिन दाहाललाई आग्रह गर्नुभएको छ।
राष्ट्रपतिको कदम विरुद्ध जनवर्गीय संगठनले गर्नेभनिएको विरोधसभामा दाहाल पक्षधर नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिले सहभागिता नजनाएकोमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जाहेर गर्नुभएको बताइएको छ ।
No comments:
Post a Comment