यूरोप-क्षेत्रका अर्थमन्त्रीहरु र अन्तर्राष्ट्रिय मुद्र कोष ऋणको बोझले थिचिएको ग्रीसलाई तत्काल राहत दिने सम्बन्धमा सहमतिमा पुगेका छन्।
तिनीहरु ग्रीसको चालिस अर्ब यूरो बराबरको ऋण रकम मिनाहा गर्न सहमत भएका छन, र करिब चवालिस अर्ब यूरो बराबरको थप ऋण दिने बाटो खुला गरेका छन्।
ग्रीसका प्रधानमन्त्री अन्तोनिस समरासले 'सम्पूर्ण ग्रिकहरुका लागि अब नयाँ दिन शुरु हुने' भन्दै यस निर्णयको स्वागत गर्नुभएको छ।
यस सहमतिको समाचारपछि एसियाली शेयर बजारमा सुधारको संकेत देखापरेको बिबिसीले जनाएको छ।
No comments:
Post a Comment