फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अकिनोले आँधि प्रभावित क्षेत्रको अबलोकन भ्रमण गर्नुभएको छ। विनाशकारी बाढी प्रभावित न्युबातनमा प्रभावित मानिसहरुसङ्ग कुराकानी गर्दै उहाँले यस प्रकारका बिपत्तीहरुको असरलाई न्यून पर्न सक्दो प्रयास गरिने कुरा बताउनुभयो।
फिलिपिन्सको दक्षिणी द्वीप मिन्डानाओका वि भिन्न प्रान्तमा आएको समुद्री आँधिका कारण मारिने मानिसहरुको संख्या हाल चार सय अठार पुगेको छ भने तीन सय त्रियासीजना अझै हराइरहेको जानकारी सम्बन्धित अधिकारीले दिएका छन्। तीन लाख भन्दा बढी मानिस उद्धार केन्द्रहरुमा बसिरहेको जानकारी पनि अधिकारीले दिएका छन्।
भोपा नामक त्यस आँधीले लगभग सोह्र हजार घर भत्काएको जानकारी राष्ट्रिय प्रकोप न्यूनीकरण तथा व्यवस्थापन परिषदले जनाएको छ। हालसम्मको आंकडाअनुसार, आँधिबाट करिब चार अर्ब पेसो बराबरको क्षति भएको छ।
तस्विर सौजन्य: बिबिसी
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment