विश्वमा गगनचुम्बी भवनको निर्माणले शायद त्यस देशको आर्थिक सम्पन्नता तथा प्राविधिक उच्चतालाई प्रदर्शित गर्दछ। यस वर्ष, दुइ हजार बाह्रले, यूरोपको सबैभन्दा अग्लो भवनको उद्घाटन देख्यो। बेलायतको लण्डनमा निर्मित त्यस गगनचुम्बी भवनमा बहत्तर तला छन् र त्यस भवन एक हजार फिट अग्लो छ। तर यस भवनको यूरोपको सबैभन्दा अग्लो भवन बन्ने सौभाग्य धेरै समय टिकेन। रसियाको राजधानी मस्कोमा निर्मित एक हजार एक सय नौ फिट अग्लो मर्करी सिटि टावर (चित्रमा सबैभन्दा दाहिनेतिरको भवन)ले यूरोपको सबैभन्दा अग्लो भवनको उपाधी हासिल गर्यो।
यसरी, विश्वमा गगनचुम्बी भवनको निर्माणको प्रतीस्पर्धा नै चलेका बेला चीनको सुचौ नगरमा पश्चिमे सुरुवाल (प्यान्ट) आकारको गगनचुम्बी भवन निर्माण परियोजना सम्पन्न हुँदैछ। तीन सय मिटर अग्ला दुइवटा गगनचुम्बी भवनलाई चवत्तर तलामा जोडेर एउटा विशाल द्वारको आकार दिइएको छ जसलाई पूर्वको द्वार पनि भन्नेगरिएको छ। तर पेरिसको लोकप्रिय युद्ध स्मारकसङ्ग तुलना गर्नुको साटो चिनियाँहरु यसलाई लामो प्यान्ट भन्दै आलोचना गर्दछन।
चीनले यस वर्ष मात्र मुलुकका तेत्तिसवटा शहरमा दुइ सय मिटरभन्दा अग्ला दुइ सयभन्दा बढी गगनचुम्बी भवनको निर्माण गर्दैछ। विश्वमा सबैभन्दा बढी गगनचुम्बी भवनको निर्माण गर्ने चीनको सफलताले चिनियाँहरुलाई खुशी बनाउन सकेको छैन। बरु, चिनियाँ परम्परागत निर्माण शैलीलाई भत्काएकोमा उनीहरु चिन्तित छन।
आफ्नो परम्परागत कला र संस्कृतको रक्षामा चिन्तित रहने चिनियाँहरुको भावनाको म कदर गर्दछु दिलैदेखि।
तस्विर सौजन्य: बिबिसी

No comments:
Post a Comment