जापानको उत्तर-पूर्वी तटीय क्षेत्रमा शुक्रबार ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको छ । भूकम्पपछि मियागी क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।
दक्षिण-पूर्वी कामिआशी क्षेत्रमा केन्द्र विन्दु रहेको सो भूकम्प आज विहान सवा पाँच बजे भएको हो । सञ्चार माध्यमहरुकाअनुसार भू-कम्पको झट्का राजधानी टोकियोमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण के कति क्षति भयो भन्ने बारेमा केही थाहा भएको छैन।
सन् २०११ को मार्च ११ तारिखमा भएकोनौ रेक्टर स्केलको भूकम्पमा जापानमा ठूलो परिमाणमा मानवीय तथा भौतिक क्षति भएको थियो ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment