Friday, December 7, 2012

राष्ट्रपति रामवरण यादवद्वारा राष्ट्रिय सहमतिको सरकार गठनका लागि फेरी छ दिनको म्याद थप

सहमतिको सरकार गठन गर्ने काम पनि संविधान सभाको कहानी जस्तै हुनलाग्यो। सहमति गर्ने भनेर बैठकमा जाने, कुराकानी गर्ने, तर आफ्नो अडानबाट फिटिक्कै दायाँ-बायाँ नसर्ने। अनि कसरी हुन्छ सहमति! तिमी मात्र लचकता अपनाउ, म त मेरो अडानमा कायम रहन्छु भनेपछि अर्को पक्षले मान्छ? ठूलो भाग खान जति बेला पनि अग्रसर हुने, देश र जनताका लागि केही पनि गर्नु नपर्ने? 
देश र जनताको हितलाई एकातिर पन्छाएर दलगत र नेतागत हितलाई मात्र प्राथमिकता दिने नेपाली राजनीतिक दलहरुको चरित्रको प्रतिफल हो, राष्ट्रपति रामवरण यादवले फेरि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छ दिनको म्याद थप गर्नुपर्यो, प्रमुख चार दलको आग्रहमा, त्यो पनि तेस्रो पटक
प्रमुख चार दलको प्रतिनिधित्व गर्दै एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान शीतल निवास पुग्नुभयो। चार दलको निर्णयबारे दाहालले राष्ट्रपति यादवलाई जानकारी गराउनुभयो। म्याद थपिइहाल्यो तेश्रो पटकका लागि। तर यस पटक छ दिनको मात्र। 
जुँगाको लडाईं गरिरहेका यी राजनीतिक दलहरु बीच सहमति हुने सम्भावना कम छ। यीनको लडाईमा नेपाली जनता भने निकै पिरोलिएका छन। यीनलाई चेतना छैन? 
फोटो सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment