आज बाला चतुर्दशी तिथि- आफ्ना आमा-बाबु दिबंगत भएका छोरा-छोरीले काठमाडौँ पशुपति क्षेत्रको कैलाश र श्लेषमान्तक वनमा गई मृतक आमा-बाबुका नाममा सप्त-धान्ययुक्त सत बीज छरे।
धान, गहुँ, जौ, मास, मुंग, कागुनु र सामालगायतका सात प्रकारका अनाजका बीऊ मिसाएर बनाइएको सत बीज बाला चतुर्दशीका दिन पितृका नाममा छर्दा पितृले सद्गति प्राप्त गर्दछन् र आफ्ना सन्ततिलाई धनधान्यले सम्पन्न हुने आशिर्वाद दिन्छन भन्ने धार्मिक विश्वास रहिआएको छ।
सात बीज छर्नुअघि भक्तजनहरु अघिल्लो दिनदेखि नै पशुपति क्षेत्र पुगी रातभरि महाद्वीप बाली भजन-किर्तन गरेर जाग्राम बस्ने र बिहान सबेरै बागमतिमा स्नान गरी सत बीज छर्ने चलन छ।
काठमाडौँका अतिरिक्त उपत्यका बाहिरका शिव मन्दिरहरुमा पनि आज सत बीज छर्ने कार्य सम्पन्न भयो।
No comments:
Post a Comment